होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • स्वामीकार्तिक १ को वडा अध्यक्षमा काँग्रेसबाट कार्तिके विक
समाचार

स्वामीकार्तिक १ को वडा अध्यक्षमा काँग्रेसबाट कार्तिके विक

  • नागरिक रैबार
स्वामीकार्तिक १ को वडा अध्यक्षमा काँग्रेसबाट कार्तिके विक

नागरिक रैबार/बाजुरा १२ बैशाख जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका वडा नं. १ को वडा अध्यक्षमा काँग्रेसबाट कार्तिके विक सिफारिस भएका छन् ।

जिल्लाकै सवैभन्दा बढी दलित समुदाय भएको स्वामीकार्तिक खापर गाउँपालिकाको वडा नं. १ मुक्तीकोटमा नेपाली काँग्रेसले वडा अध्यक्षमा विकलाई सिफारिस गरेको हो ।

मुक्तिकोटका दलित समुदायको प्रतिनिधित्व गर्दै पहिलोपटक वडा अध्यक्षमा विकलाई उम्मेदवारीमा सिफारिस गरेको काँग्रेसले बताएको छ ।२०४६ सालबाट काँग्रेसको सक्रिय राजनीतिमा लागेका विक २०७४मा काँग्रेसको गाउँ कार्यसमिति सभापति समेत भएका थिए ।

विज्ञापन

समाजमा अन्धविश्वास, लैङ्गिक हिंसा, बलात्कार ,जातिय विभेद तथा छुवाछुत, दाइजो प्रथा, बाल-विवाह, वहुविवाह,तिलक प्रथा, हलिया, हरुवा चरुवा, डोली प्रथा, छाउपढी प्रथा, बाल श्रम जस्ता सामाजिक बिकृतीहरुको चिरफार गर्न वडा अध्यक्षमा उम्मेदवारी दिएको विकको भनाई छ ।
वडामा सामन्ती,निरङ्कुश,केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सिर्जना गरेका सबै प्रकारका विभेद र उत्पिडनको अन्त्य गर्दै समानता,समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न र समतामूलक समाजको निर्माण गर्ने काममा आफुले महत्त्वपूर्ण भूमिका खेल्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार