होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज २०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नायक पल शाहका म्यानेजर भन्छन्, ‘सिध्याउने योजना थियो’
समाचार

नायक पल शाहका म्यानेजर भन्छन्, ‘सिध्याउने योजना थियो’

  • नागरिक रैबार
नायक पल शाहका म्यानेजर भन्छन्, ‘सिध्याउने योजना थियो’

धनगढीः नायक पल शाह प्रकरणमा फेरि नयाँ खुलासा भएको छ। सुदूरपश्चिमको धनगढी घर भएका पलका म्यानेजर कृष्ण जोशीले उक्त खुलासा गरेका हुन्। आज (शुक्रबार) एक अनलाइन टिभीमा अन्तरवार्ता दिदै उनले नायक पल शाहलाइ मार्ने सम्मको योजना बुनिएको बताएका छन्। दुर्गेश थापा, सरोज ओली, सम्राट चौलागाई र (आफू) कृष्ण जोशी लगायतले यस्तो योजना बनाएको बताएका हुन्।

अन्तरवार्तामा उनले भनेका छन्, ‘हामीले गेम बनाएर पललाइ सिध्याउने योजना बनाएकै हो। हाम्रो टिमले नै यो योजना बनाएको हो। यसको कारण भने आर्थिक प्रलोभन र पर्सनल रिसिइवी हो।’ उनले थपे, ‘पलले हामीले भनेका कतिपय कुरा नमानेपछि हामी यस्तो गर्न बाध्य भएका हौ। दुर्गेश दाइले त मार्ने नै भन्नुभएको थियो।’ अन्तरवार्तामै उनले गलत गरेको र सजाय भोग्न तयार रहेको समेत बताएका छन्। यो योजनामा दुर्गेश थापाको ठूलो हात रहेको उनको भनाइ छ।

यता, बुधबार पल शाहविरुद्ध जबरजस्ती करणी गरेको आरोपमा उजुरी परेपछि उनी फरार छन्। शाहलाई प्रहरीले पक्राउ गर्न खोजी गरिरहेको जनाएको छ। पलबिरुद्ध एक गायिकाले जिल्ला प्रहरी कार्यालय तनहुँमा जबरजस्ती करणी गरेको भन्दै उजुरी दिएकी थिइन्। उक्त उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ पूर्जी जारी गरेर खोजी गरिरहेको जनाएको छ।

विज्ञापन

उनको खोजीमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) र महानगरीय अपराध महाशाखा लागी परेको बताइएको छ। पलले उजुरी परेपछि बिहीबार आफूले अपराध गरेको प्रमाणित भए कानूनी सजाय भोग्न तयार रहेको भन्दै फेसबुक स्टाटस समेत लेखेका थिए। त्यसमा उनले दुर्गेश लगायतको टिमले नै आफूलाइ फसाएको आरोप लगाएका थिए। उनले आफूबिरुद्ध षड्यन्त्र भएको भन्दै केही अडिओ तथ्यहरुसमेत फेशबुकमा पेस गरेका थिए। नायक शाहले आफूमाथि षड्यन्त्र भएको भन्दै गायक दुर्गेश थापासहित म्यानेजर कृष्ण जोशी, गायक तथा भिडियो निर्माता सरोज ओली र गायक सम्राट चौलागाईको नाम सार्वजनिक गरेका थिए।

पललाई पक्राउ गर्न सबै प्रहरी युनिटलाई सर्कुलर

बलात्कारको आरोप लागेका अभिनेता शाहलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले सबै प्रहरी युनिटलाई आन्तरिक सर्कुलर गरेको छ। भर्खरै प्रहरी प्रधान कार्यालयले शाहलाई पक्राउ गर्न आन्तरिक सर्कुलर जारी गरेको हो। शाह काठमाडौंमै रहेको प्रहरीको भनाइ छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार