होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन १९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमसीसी पास गरे देश दुर्घटनातिर जान्छ : झलनाथ खनाल
समाचार

एमसीसी पास गरे देश दुर्घटनातिर जान्छ : झलनाथ खनाल

  • नागरिक रैबार
एमसीसी पास गरे देश दुर्घटनातिर जान्छ : झलनाथ खनाल

काठमाडौँ — नेकपा समाजवादी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले सरकार एमसीसी पास गर्ने पक्षमा भए देश दुर्घटनातिर जाने चेतावनी दिएका छन् ।

उनले नेकपा एमालेसँग सहमति गरेर एमसीसी पास गरेपछि मुलुकमा शान्ति कायम हुन्छ भन्ने सपना देख्नु कांग्रेसको दिवा सपना मात्र भएको जिकिर गरे । सम्मानित नेता खनालले एमसीसीका कारण अहिले समाज, राष्ट्र, राजनीतिक पार्टी र संसद्‍ विभाजित बनिरहेको बताए ।

यस्तो बेलामा देशभित्र राष्ट्रिय सहमति खोजेर बाँकी सम्भावनालाई उजागर गर्न आवश्यक रहेको उनले औंल्याएका थिए । सांसद खनालले भने, ‘एमसीसी मुद्दाले हाम्रो देशको गठबन्धन सरकारभित्र विभाजन आयो । संसद्‍मा विभाजन आयो । राजनीतिक पार्टीहरूका बीचमा विभाजन आयो र आम जनताबीचमा समेत विभाजन आयो । यो गम्भीर सवाल हो । यो गम्भीर सवालमा कम से कम पनि नेपाल एकताबद्ध हुनुपर्छ । राष्ट्रिय सहमति हुनुपर्छ ।’

विज्ञापन

यस्तै सहमतिका सम्भावना खोज्नुपर्ने पनि उनको सुझाव थियो। ‘जनता, देश जे सुकै होस् एमसीसी पास गर्नुपर्छ भन्ने लाइनमा जानुभयो भने देश अलि दुर्घटनातिर जान्छ । नेकपा एमालेसँग सहमति गरेर मुलुकमा शान्ति कायम होला भन्ने सपना देख्नुभएको छ भने यो दिउँसो आकाशतिर हेरेर देखेको सपना मात्रै हो । त्यो सपना नदेखे पनि हुन्छ,’ नेता खनालले भने ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि