होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमालेले निर्वाचन आयोगमा गरायो दल दर्ता
समाचार

एमालेले निर्वाचन आयोगमा गरायो दल दर्ता

  • नागरिक रैबार
एमालेले निर्वाचन आयोगमा गरायो दल दर्ता

काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।

शुक्रबार काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयका पुगेर एमाले महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउन निवेदन दिएको हो ।

निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार निर्वाचन आयोगमा पुगेर स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गरिएको एमाले महासचिव पोखरेलले जानकारी दिए ।

विज्ञापन

उनले आफ्नो पार्टी निर्वाचनको तयारीमा जुटिसकेको उल्लेख गर्दै अन्य राजनीतिक दलहरुलाई पनि निर्वाचनको प्रक्रियामा सामेल हुन आह्वान गरे ।

‘स्थानीय निर्वाचन प्रयोजनका लागि दल दर्ताको सूचना निर्वाचन आयोगले जारी गरेको छ । निर्वाचन कानुन अनुसार सम्बोधन नभएपनि समग गुज्रनुपूर्व नै निर्वाचनको मिति घोषणा भएको छ । हामीले त स्वाभाविक रुपमा समयमै निर्वाचन गर्नुपर्छ भन्ने पक्षमा थियौं ।’ उनले भने, ‘ हामी तयारीमा पनि जुटिसकेका छौं । अहिले देशभरि नै हामी निर्वाचन केन्द्रित एक प्रकारको प्रशिक्षण कार्यक्रम संचालन गर्दै अघि बढिरहेका छौं । नेकपा एमाले निर्वाचन तयारीमा जुटेको छ । र, अन्य दलहरुलाई पनि निर्वाचनको प्रक्रियामा सामेल हुनका लागि म अनुरोध गर्छु ।’

यसैबीच, निर्वाचन आयोगले शुक्रबार (आज) दिउँसोसम्म स्थानीय तह निर्वाचन प्रयोजनका लागि ४० वटा दलले दर्ताका लागि निवेदन दिएको बताएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो निर्वाचन प्रयोजनका लागि हालसम्म ४० वटा दलले दल दर्ता गराएको बताए ।

उनले हाल निर्वाचन आयोगमा १०९ वटा दल दर्ता भएको र यही फागुन १५ गते भित्र आयोगमा दर्ता भएको दलहरुले स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सक्ने कानुनी व्यवस्था भएको पनि स्पष्ट पारे ।

प्रवक्ता शर्माले भने, ‘स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गनेक्रम जारी छ । हिजो (बिहीबार) साँझसम्म ३२ वटा दल दर्ता भएकोमा अहिले करिव ४० वटा दल दर्ताका लागि निवेदन दिइएको अवस्था छ । निर्वाचन आयोगमा १०९ वटा दल दर्ता छन । फागुन १५ गतेसम्म दर्ता भएको राजनीतिक दलहरुले स्थानीय तह निर्वाचनका लागि दल दर्ता गर्न पाउने कानुनी व्यवस्था छ ।’

प्रवक्ता शर्माले आयोगले स्थानीय तह निर्वाचनको कामलाई तीव्रताका साथ अघि बढाएको बताए ।

सरकारले स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गतेका लागि घोषणा गरेको छ । निर्वाचनको सोही मितिलाई मध्यनजर राखेर तयारीको कामलाई अघि बढाएको निर्वाचन आयोगले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि