होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन १९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमालेले छिर्के लगाएर होइन, दौडेर स्वर्ण पदक जित्छ : ओली
समाचार

एमालेले छिर्के लगाएर होइन, दौडेर स्वर्ण पदक जित्छ : ओली

  • नागरिक रैबार
एमालेले छिर्के लगाएर होइन, दौडेर स्वर्ण पदक जित्छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन घोषणा भएपछि सत्ता गठबन्धनका नेताहरुलाई भोक र निन्द्रा लाग्न छोडेको टिप्पणी गरेका छन् । शुक्रबार पोखरामा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले एमाले र जन दवावकै कारण सरकारले स्थानीय तहको निर्वाचन घोषणा गर्न बाध्य भएपनि चुनाव हारिने डरले नेताहरुलाई भोक र निन्द्रा लाग्न छोडेको बताएका हुन् ।

‘निर्वाचनको मिति घोषणा भएपछि भोक लाग्न छोड्यो, निन्द्रा लाग्न छोड्यो । निर्वाचनको हिसाबकिताब गर्छन् अनेक खालका’, ओलीको भनाइ छ । उनले सरकारमा हुने पार्टीका नेता कार्यकर्ता एमालेले लिएको नीति र विचार सहि भएकै कारण एमाले प्रवेश गरिरहेको बताए । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले गठबन्धनका नाममा जनता अल्मल्याउने, छक्कयाउने काम गरिरहेको बताए । गठबन्धनप्रति लक्षित गर्दै ओलीले भने, ‘धक्का, क्रमभंग, छलाङ, महाविपत्ति । यसले के के विकास गर्छ ? विकास गर्छ ? कसलाई धक्का ? कम्युनिस्ट पार्टीको दुई तिहाइको सरकार ढालिदियो, कम्युनिस्ट पार्टी फुटाइयो’, ओलीको भनाइ छ ।

उनले प्रतिक्रियावादीहरुसँग मिलेर काँग्रेसको नेतृत्वमा सरकार बनाएर क्रान्ति गर्छौ भन्नेहरु कम्युनिस्ट हुन नसक्ने समेत बताए । उनले वास्तविक कम्युनिस्ट पार्टी हो एमालेमात्र भएको जहाँ नेपाली त्यहाँ एमाले भइसकेको बताए । ‘गाउँमा मात्रै होइन, जहाँ नेपाली त्यहाँ एमाले । यो किन ? सुशासनयुक्त, विकासको बाटोमा देशलाई अघि बढाउन । नेपाललाई पछौटे देशबाट आधुनिक सम्मृद्ध र विकसित देश बनाउन’, ओलीको भनाइ छ ।

विज्ञापन

त्यस्तै उनले एमालेले छिर्के लगाएर नभई दौडेर स्वर्ण पदक जित्ने दावी समेत गरे । ‘दौडन कोही तयार छ भने एमाले दौडमा सामेल भएर, दौडमा अगाडि पुगेर दौडेर स्वर्णपदक जित्छ, छिर्के लगाएर लडाएर खोस्दैन’, ओलीको भनाइ छ ।

उनले एमालेको विचारले मात्रै देश बन्ने भन्दै अरु पार्टीसँग देश बनाउने विचार नै नभएको दावी पनि गरे । ‘हाम्रो पार्टीमा देश कसरी बनाउने भन्ने विचार छ अरु पार्टीसँग छैन’ उनले हालको सत्ता गठबन्धनले भ्रष्टाचार गर्नमै बाहेक केही नजानेको समेत बताए । ‘२४ लाख खोप कहाँ हरायो ? तमासा पनि हदको हुन्छ नि ’ ओलीले सरकारमा बसेकाहरुले नै कार्यकर्ता पठाएर सडक भत्काएको र प्रहरीलाई ढुंगा हान्ने गरेको बताए ।

सत्ता गठबन्धनमा रहेका झलनाथ, डा.बाबुराम भट्टराई र काँग्रेसको नाम लिँदै उनले आफुलाई ढुंगा हानिएको बताए । ‘अरुलाई ढुंगा हानिँदैन तर म बाटामा हिँड्छु ढुंगा हान्छन्’, ओलीको भनाइ छ । ओलीले देश बनाउने कुरामा एमाले दृढ संकल्पित रहेको र देश बनाएर छोड्ने दावी समेत गरे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि