होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज २०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा लगाइयो १२हजार ४सय १७पशुमा खोरेत विरुद्धको खोप
समाचार

बाजुरामा लगाइयो १२हजार ४सय १७पशुमा खोरेत विरुद्धको खोप

  • नागरिक रैबार
बाजुरामा लगाइयो १२हजार ४सय १७पशुमा खोरेत विरुद्धको खोप

राजेन्द्र बिक बाजुरा,१३फागुन । बाजुरामा खुरफटा जनावरहरुलाइ खोरेत विरुद्धको खोप लागाउने कार्यमा तिब्रता दिइएको छ ।खोरेत रोगले दूध उत्पादनमा गिरावट ल्याउने र पशुको मृत्यु भइ क्षति पुर्याउने पिडाले ग्रसित बाजुराका स्थानीय पशुपालक किसानहरु पशुमा उक्त खोप लगाउन भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बाजुराले निरन्तरता दिएपछी खुशी भएका छन्।

जिल्लामा हाल सम्म बडिमालिका नगरपालिकाका ४ओटा वडाका ३ हजार ७८गाइ,१५सय ३०भैसी,२ हजार ६ सय ३४ बाख्रामा तथा त्रिबेणि नगरपालिकाका ५ओटा वडा र खप्तड छेडेदहका २ ओटा वडाका ५ हजार ४ सय ४०गाई,३हजार४०भैंसी र ३हजार ९सय३७ बाख्रा गरि जिल्लाभरि १२हजार ४सय १७ खुरफटा जनावरहरुलाइ खोरेत विरुद्धको खोप लगाइसकेको भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बाजुराका खोप टोलि प्रमुख तथा पशु स्वास्थ्य सहजकर्ता दिपक बहादुर बुढाले बताउनु भएको छ।

जनावरको शरिरमा रोग संग लड्ने क्षमता उत्पादन गरि जनावरलाइ रोग बाट बचाउन खोरेत खोप सहित गाउँ-गाउँमा जनावरमा लाग्ने रोग र बचाउने उपायका बारे भ्याक्सिनेटरहरुले जनचेतना फैलाउने तथा रोग लाग्ने सम्भावित स्थानीय तहमा व्यापक प्रचार प्रसार गरि पशुपालक किसानहरुलाइ खोरेत सहित बिभिन्न रोग बारे जानकारी गरि पशुमा खोप लगाउन,औसधि उपचार गराउन उत्प्रेरित गर्ने लगाएत कार्य जिल्लाभरिनै जारी रहेको भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बाजुराका कार्यालय प्रमुख पशुपती नाथले जानकारी दिनुभयो। पशुको ओसारपसार गर्दा भारत बाट नेपालमा भित्रीने पशुसंग यो खोरेत रोग नेपालमा बढी फैलिने गर्दछ।संक्रमित पशुहरुको सम्पर्क बाट छिटो-छिटो यो रोग सरेर पशुहरुनै मरेर सखाप भइ पिडित भएका बाजुरा जिल्ला स्थित दुरदराजका पशुपालक किसानहरु खोप संगै जनचेतना पाउन थालेपछि निकै हर्षित भएका छन्।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार