होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमसीसीको विपक्षमा मतदान गर्ने माओवादीको निर्णय
समाचार

एमसीसीको विपक्षमा मतदान गर्ने माओवादीको निर्णय

  • नागरिक रैबार
एमसीसीको विपक्षमा मतदान गर्ने माओवादीको निर्णय

काठमाडौंः नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधिसभामा टेबल भएको अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ।

शुक्रबार बिहान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसेको पूर्वस्थायी कमिटीको बैठकले उक्त निर्णय गरेको नेता लीलामणि पोखरेलले जानकारी दिए। “यस (एमसीसी) को विपक्षमा मतदान गर्ने निर्णय भएको छ,” उनले भने । एमसीसीको विपक्षमा मतदान गर्दा सकेसम्म सत्ता गठबन्धन जोगाएर अघि बढ्ने तर आवश्यक परे सरकार छाड्ने उनले बताए।

“विपक्षमा मतदान गर्दा गठबन्धन जोगिन सक्छ भने त्यहीअनुसार अघि बढ्ने। यो बीचमा धुव्रीकरण पनि हुनसक्छ। आवश्यक परे सरकार छाड्छौँ। एमसीसी बोकेर हिँड्न सक्दैनौँ,” उनले भने। त्यस्तै, प्रचण्डकी स्वकीयसचिव गंगा दाहालले एमसीसीबारे पार्टीको पूर्ववत् सैद्धान्तिक धारणामा रही गठबन्धन बचाउन अन्तिम कोसिस गर्ने समझदारी भएको जनाएकी छन्।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार