होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमाले अध्यक्ष ओली आज पोखरा आउँदै
समाचार

एमाले अध्यक्ष ओली आज पोखरा आउँदै

  • नागरिक रैबार
एमाले अध्यक्ष ओली आज पोखरा आउँदै

पोखरा । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा आउने भएका छन् ।

पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली आज ११ बजे पोखरा आइपुग्ने एमाले गण्डकीका उपसचिव रश्मि आचार्यले जानकारी दिए ।

‘उहाँ ११ बजे पोखरा आएर साढे २ बजे फर्किने कार्यक्रम छ । एमसीसीले विकास गरेको पछिल्लो घटनाक्रमले पनि उहाँ पोखरा आउने कार्यक्रम रोकिंदैन’, आचार्यले भने ।

विज्ञापन

विभिन्न पार्टी परित्याग गरेर ठूलै संख्यामा नेता, कार्यकर्ता आउने भएपछि तिनलाई एमालेमा भित्र्याउन अध्यक्ष ओली नै पोखरा आउने कार्यक्रम तय भएको उनको भनाइ छ ।

पहिले एमालेमै रहेका र जनजाति आन्दोलनको मुद्दा उठाउँदै अशोक राईहरुसँगै बाहिरिएका गणेशमान गुरुङ फेरि एमालेमै प्रवेश गर्दैछन् ।

जनता समाजवादी पार्टीका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश इन्चार्जसमेत रहेका गुरुङ एमाले प्रवेश गर्न लागेका हुन् ।

एकीकृत समाजवादी पार्टी रोजेका केही नेता कार्यकर्ता, विवेकशील साझा पार्टीबाट अलग्गिएकाहरू पनि एमालेमा प्रवेश गर्न लागेको उपसचिव आचार्यले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार