होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुख्खा पहिरोका कारण मार्तडी-कोल्टी सडक अवरुद्ध
समाचार

सुख्खा पहिरोका कारण मार्तडी-कोल्टी सडक अवरुद्ध

  • नागरिक रैबार
सुख्खा पहिरोका कारण मार्तडी-कोल्टी सडक अवरुद्ध

नागरिक रैबार/बाजुरा ७ कार्तिक।सुख्खा पहिरोका कारण मार्तडी-कोल्टी सडक सडक अवरुद्ध बनेको छ । बडीमालिका नगरपालिका वडा नम्बर ७ को जिल्लीमा सडक माथिबाट निरन्तर रुपमा सुख्खा पहिरो खस्न थालेपछि उक्त सडक अवरुद्ध बनेको हो ।

सुख्खा पहिरोका कारण सडक अवरुद्ध भएपछि बाजुराको सदरमुकाम मार्तडीबाट कोल्टी क्षेत्रका ४ वटा स्थानीय तहसम्म आउजाउ गर्ने सवारी साधान र तिहार मनाउन घर फर्किएका सयौं यात्रुहरुलाई समस्या भएको छ ।

सडकमाथिबाट सुख्खा पहिरो खसिरहेका कारण सडकमा खसेको पहिरो हटाउन समस्या भएको बडीमालिका नगरपालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताएका छन् ।

विज्ञापन

सुख्खा पहिरोसंगै सडकमा माटो र ढुुंगा खसेका कारण सडकमा खसेको पहिरो हटाउन समस्या भएको छ । सुख्खा पहिरोका कारण अवरुद्ध सडक खुलाउने प्रयास नभएपछि तिहार मनाउन घरजाने स्थानीयहरु मारमा परेका छन् ।

मार्तडी कोल्टी सडक यस अघि असारको अन्तिम सातादेखि वर्षातका ४ महिना आसिंक रुपमा संचालन भएको थियो । सो सडक हुँदै बाजुराका पुर्वीउत्तरी क्षेत्रका ४ स्थानीय तहका साथै छिमेकी जिल्ला मुगु, हुम्ला सम्मका स्थानीयहरु यहिबाटो हुँदै आवतजावत गर्ने गर्दछन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार