होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • नेपालमा दुई वटा मनसुनको प्रभाव, काठमाडौंसहित चार प्रदेशमा भारी वर्षा हुने
Breaking News

नेपालमा दुई वटा मनसुनको प्रभाव, काठमाडौंसहित चार प्रदेशमा भारी वर्षा हुने

  • नागरिक रैबार
[sharethis-inline-buttons]
नेपालमा दुई वटा मनसुनको प्रभाव, काठमाडौंसहित चार प्रदेशमा भारी वर्षा हुने

शनिबार काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न चार प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेको छ। यस्तै भारतको उत्तर प्रदेशमा न्यून चापीय क्षेत्र रहेको छ।

जसको प्रभावले बागमती ,गण्डकी, लुम्बिनी  र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल लुम्बिनी, गण्डकी, कर्णाली  र सुदूरपश्चिम प्रदेशका भू-भागमा सामान्यदेखि पूर्ण बदली रहि बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ।

लुम्बिनी प्रदेश, गण्डकी प्रदेश,  र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा  मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ। आज दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

यस्तै भोलि आइतबार र सोमबार सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार