होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, मंसिर ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ‘मोटु पात्लु’ अब नेपाली भाषामा प्रसारण हुँदै
समाचार

‘मोटु पात्लु’ अब नेपाली भाषामा प्रसारण हुँदै

  • नागरिक रैबार
‘मोटु पात्लु’ अब नेपाली भाषामा प्रसारण हुँदै

काठमाडौं । चर्चित भारतीय एनिमेटेड सिटकम टीभी शो ‘मोटु पात्लु’ अब नेपाली भाषामा डब भएर प्रसारण हुने भएको छ । ग्यालेक्सी फोरके टेलिभिजनले आगामी सोमबारदेखि कार्टुन सिरिजलाई प्रसारण गर्न लागेको हो ।

नेपाली बालबालिकामाझ निकै रुचाइएको यो सिरिज सन् २०१२ देखि भारतमा प्रसारण सुरु भएको हो । ग्यालेक्सी फोरकेका कार्यक्रम निर्माता एवं निर्देशक सुरेश पौडेलले नेपाली लक्षित समूहमाझ कार्यक्रम ल्याउन लागिएको बताए ।

टीभी शो हरेक सोमबार, बुधबार र शुक्रबार साँझ साढे ६ बजे प्रसारण हुने जनाइएको छ । नेपाली बालदर्शकले पहिलेदेखि नै यो कार्यक्रम हिन्दी भाषामै हेर्दै आएका थिए ।

विज्ञापन

व्यंग्य र कटाक्ष जनरामा राखिएको यो कार्यक्रमलाई कसमस माया स्टुडियोज् र भायकम-१८ ले निर्माण गरेका हुन् । सुवास कादभ निर्देशित शो विश्वका अन्य भाषाका टेलिभिजन च्यानलमा समेत प्रसारण हुँदै आएको जनाइएको छ ।

पछिल्लो समय नेपाली टेलिभिजनमा विदेशी रियालिटी शो र केही सिरियलका फ्रेन्चाइज प्रसारण हुने क्रम बढिरहेको बेला बालबालिका लक्षित लोकप्रिय कार्यक्रम ‘मोटु पात्लु’ पहिलोपटक प्रसारण हुन लागेको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै