होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, भदौ ४, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाज
  • अन्तरजातीय विवाह गर्नेलाई बुढीनन्दा नगरपालिकाले पुरस्कृत गर्ने
समाज

अन्तरजातीय विवाह गर्नेलाई बुढीनन्दा नगरपालिकाले पुरस्कृत गर्ने

  • नागरिक रैबार
अन्तरजातीय विवाह गर्नेलाई बुढीनन्दा नगरपालिकाले पुरस्कृत गर्ने

नागरिक रैबार/बाजुरा १० असार । बुढीनन्दा नगरपालिकाले  ७ औं नगर सभाबाट लोकप्रिय कार्यक्रम ल्याएको छ । आज भएको ७ औं नगर सभाबाट महत्पूर्ण कार्यक्रमहरु पारित गरेको छ । बुढीनन्दा नगरपालिकाको नगरसभा तथा बजेट अधिवेशन आज एक बजेबाट सूरु भएको हो । स्थानीय तह निर्वाचन २०७९ पश्चात नगरपालिकामा आएका नजनिर्वाचित जनप्रतिनिधिहरुले आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम बजेट प्रस्तुत गरेका छन् ।

नगर प्रमुख जनक कुमार बोहराको अध्यक्षतामा संचालन भएको नगरपालिकाको ७ औं नगर सभामा २०७९÷८० को नीति तथा कार्यक्रम र बजेट गाउँसभामा प्रस्तुती गरिएको छ ।नगर सभाले लोकप्रिय कार्यक्रमहरु ल्याएको छ । नगर सभाबाट अन्तरजातीय विवाह गर्नेलाई पुस्कृत गर्ने सभाबाट पारित गरेको छ । त्यस्तै सुखी जनता समृद्ध बुढिनन्दा, हामी मालिक हैनौ सेवक हौ, नगर प्रमुख युवा स्वरोजगार कार्यक्रम, धुलो मुक्त विद्यालय, बजेटको २५% शिक्षा लगानी, प्रत्येक वर्ष ५ विद्यार्थीलाई लोकसेवा अध्ययन प्रोत्साहित कार्यक्रम लागु गरिने नगर सभाबाट पारित गएको छ ।

त्यस्तै सभाबाट नगर प्रमुख घर–घर चिकित्सक कार्यक्रम, आँखा उपचार क्लिनिक कोल्टीमा सुचारु, आफ्नै नगर गीत र लोगो, नगर बस एम्बुलेन्स सेवा संचालन, आफ्नो जन्म दिनमा बृक्षारोपण कार्यक्रम, जेष्ठ नागरिक मिल्न केन्द्रको स्थापना, अन्तरजातीय विवाह गर्नेलाई नगरले पुरस्कृत गर्ने, २० लाख भन्दा माथिका योजनाहरुलाई इभिडिङ् सिस्टमबाट संचालन गरिने, हेलो मेयर कार्यक्रम सुचारु गर्ने, उत्कृष्ट प्रअ, शिक्षक र विद्यालयलाई पुरस्कृत गर्ने लगायतका थुप्रै नीति तथा कार्यक्रम ल्याएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाज
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १ महिना अगाडि