होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ २१, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • थप १६ जनामा कोरोना पुष्टि
समाचार

थप १६ जनामा कोरोना पुष्टि

  • नागरिक रैबार
थप १६ जनामा कोरोना पुष्टि

काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा थप १६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। सो अवधिमा दुई हजार ९२० को नमूना परीक्षण गरिएको थियो। एक हजार ९९८ ले पिसिआर र ९२२ जनाको एन्टीजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

सो अवधिमा ११ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ६७ हजार दुई पुगेको छ। सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा २० हजार ८९० ले  कोभिडविरुद्धको खोप लगाएका छन्। हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १३३ रहेको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५२ पुगेको छ। होम आइसोलेशनमा १३३ जना सङ्क्रमित रहेका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै