होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, पुस ८, २०८१
जोडिनुहोस
  • होमपेज
  • बुढीनन्दा
  • आईएन एफ नेपालले कोल्टीमा फिस्टुला अन्त्यका लागि अन्तरास्ट्रिय दिवस मनायो
बुढीनन्दा

आईएन एफ नेपालले कोल्टीमा फिस्टुला अन्त्यका लागि अन्तरास्ट्रिय दिवस मनायो

  • नागरिक रैबार
आईएन एफ नेपालले कोल्टीमा फिस्टुला अन्त्यका लागि अन्तरास्ट्रिय दिवस मनायो

नागरिक रैबार। आईएन एफ नेपाल बाजुराले कोल्टीमा पनि फिस्टुला अन्त्यका लागि अन्तरास्ट्रिय दिवस भनाएको छ । प्राथमिक स्वास्थ केन्द्र कोल्टी र फेज नेपालको सहकार्यमा कोल्टीमा सो दिवस मनाईएको हो ।

दिवसको अवसरमा आईएन एफ नेपालले कोल्टी बजारमा र्याली सहित फिस्टुलाको अन्त्यका लागि भन्दै अभिमुखिकरण गरि सम्पन्न गरेको थियो ।

दिवसको अवसरमा नागरिकहरुलाई प्रसब फिस्टुलाको बारेमा जानकारी दिन र त्यो समस्या बाट कसरी वचन सकिन्छ र त्यसको उपचार कहाँ गर्न सकिन्छ भन्न्ने कुराको जानकारी गराईएको आईएन एफ नेपालका सहायक परियोजना अधिकृत शंकर उखेडाले बताएका छन् ।

विज्ञापन

आइएनएफ नेपालका परियोजना अधिकृत रुक्साल पण्डितको अध्यक्षतामा संचालन भएको कार्यक्रममा फेज नेपालकी अनमि सुमिता महतारा प्रमुख अतिथि रहेकी थिईन् ।

कार्यक्रममा विशिष्ट अतिथि फियान नेपालकी सविता थापा रहेकी थिईन् । कार्यक्रमको संचालन आईएन एफ नेपालकी सहायक परियोजना अधिकृत बसन्ती बुढाले गरेकी थिईन् भने कार्यक्रमको स्वागत मन्तव्य आईएन एफ नेपालका सहायक परियोजना अधिकृत शंकर उखेडाले गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार