होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सिरहामा पर्खालको विवादमा इँटा हानाहान हुँदा १ जनाको मृत्यु
समाचार

सिरहामा पर्खालको विवादमा इँटा हानाहान हुँदा १ जनाको मृत्यु

  • नागरिक रैबार
सिरहामा पर्खालको विवादमा इँटा हानाहान हुँदा १ जनाको मृत्यु

सिरहा नगरपालिका–१३ फुलवरियामा पर्खाल लगाउने बारेमा विवाद हुँदा इँटा हानाहान भएको छ । इँटा प्रहारबाट फुलवरिया बस्ने ५४ वर्षीय धनेश्वर महराको मृत्यु भएको छ । कुटपिटमा संलग्न स्थानीय ४१ वर्षीया लक्ष्मी महरा र उनका भाइ ३२ वर्षीय ब्रह्‍म देव महरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता (डिएसपी) सुवास बुढाथोकीले रातोपाटीलाई बताए ।

शनिवार पर्खाल लगाउने विषमा विवाद हुँदा इँटा हानाहान भएको थियो । इँटा प्रहारबाट गम्भीर घाइते भएका धनेश्वरको उपचारका लागी प्रादेशिक अस्पताल सिरहामा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको डिएसपी बुढाथोकीले बताए । घटनाबारे जिल्ला प्रहरी कार्यालय सिरहाले अनुसन्धान गरिरहेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार