बैतडीः चार छोरालाई आर्मी बनाउने बैतडीकी एक आमालाई नेपाली सेनाले सम्मान गरेको छ। जिल्लाको दशरथचन्द नगरपालिका-३ दुर्गाभवानी बरकुरालीकी धनमाया नाथलाई सम्मान गरिएको हो।
उनका चार जना छोरा नरेश नाथ, राम नाथ, लक्ष्मण नाथ र दिलिप नाथ अहिले नेपाली सेनामा कार्यरत रहेका छन्। चार जना छोरालाई सेनामा पठाउन प्रोत्साहित गर्ने आमालाई बुधवार नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले नगद र प्रमाणपत्रसहित सम्मान गरेका हुन्।
प्रधानसेनापति शर्माले ‘भूपू सैनिक सम्मेलन–२०७८’ को उद्घाटन समारोहको अवसर पारेर उनलाई सम्मान गरेको बताइएको छ।
फेसबुक प्रतिक्रियाहरु