होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, असार १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • तीनै तहको चुनावमा कांग्रेससँग गठबन्धन हुन्छ : प्रचण्ड
देश/प्रदेश

तीनै तहको चुनावमा कांग्रेससँग गठबन्धन हुन्छ : प्रचण्ड

  • नागरिक रैबार
तीनै तहको चुनावमा कांग्रेससँग गठबन्धन हुन्छ  : प्रचण्ड

चैत, चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी तीनै तहको निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन हुने बताएका छन् ।

स्थानीय तहको निर्वाचनको मिति घोषणा भएपछि पहिलो पटक आज (बिहीबार) गृह जिल्ला चितवन आएका प्रचण्डले पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै अहिले पनि गठबन्धन भइरहेको र तीन तहकै चुनावमा हुने बताएका हुन् ।

‘गठबन्धन त भइरहेकै छ नि । अहिलेकै गठबन्धन स्थानीय मात्र होइन प्रादेशिक र संघीय चुनावसम्म पनि रहन्छ, ’ उनले भने ।

विज्ञापन

चितवन कांग्रेसले गठबन्धन हुँदैन भने पनि केन्द्रबाटै गठबन्धन हुने उनले बताए । चितवनमा कांग्रेसले एक्लै लड्ने भनेको छ नि भन्ने प्रश्नमा उनले भने, ‘चितवन कांग्रेसले भनेर केहि हुँदैन ।’

प्रचण्डको निर्वाचन क्षेत्र माडीका विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुन प्रचण्ड आज चितवन आएका हुन् । प्रचण्ड शुक्रबार मात्रै काठमाडौं फर्किने छन् ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै