होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार साँझ फेरि प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग कुराकानी गर्ने भएका छन्।
बिहीबार दिउँसो संसद भवन नयाँ बानेश्वरमा भएको छलफलपछि साँझ फेरि कुराकानी गर्ने सहमति भएको कांग्रेस महामन्त्री गगन थापाले जानकारी दिए।
विज्ञापन
प्रधानमन्त्री सुशीला कार्कीले यस वर्ष वडा दसैँमा टीका तथा जमरा नलगाउने भएकी छन्। प्रधानमन्त्रीको स्वकीय सचिवालयले यसबारे जानकारी गराइएको हो। सचिवालयले भनेको छ, ‘हालै सम्पन्न युवापुस्ताको आन्दोलनमा धेरै युवाले ज्यान गुमाउनु परेको पीडा हाम्रो सामु छ। त्यसैले यस वर्ष प्रधानमन्त्रीज्यूले आफू टीका नलगाउने र देशवासीलाई पनि टीका लगाउने कार्यक्रम नरहेको ब्यहोरा सादर अनुरोध गर्दछौँ।’
काठमाडौँ । सोमबारदेखि दसैँ सुरु भएको छ । यससँगै काठमाडौँ उपत्यकाबाट बाहिरी जिल्लामा र अन्य मुख्य सहरबाट गाउँमा जानेहरूको चहलपहल पनि बढ्न थालेको छ । उपत्यकाबाट बाहिरिनेहरूको सङ्ख्या हरेक वर्ष करिब उस्तै हुन्छ, त्यस्तै हुन्छ यात्राको कष्ट पनि । देशभरका धेरै सडकको अवस्था बेहाल छ । दसैँकै मुखमा हवाई भाडा पनि सामान्य अवस्थाको भन्दा ‘डबल’ […]
आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष आज अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदै छ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृपक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गर्न लागिएको हो । आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह (आमाको बा)को श्राद्ध भने सोमबार […]
नयाँ सरकार गठन भएसँगै देशभर आम नागरिकको जनजीवन सामान्य बनेको छ । आन्दोलनपछि मुलुकका विभिन्न क्षेत्रमा केही दिनअघिदेखि लगाइको कर्फ्यु र निषेधाज्ञा हटेको छ । सबै जनता आफ्नो पेसा व्यवसायमा संलग्न भएका छन् । युवापुस्तासहित सम्पूर्ण देशवासीमा खुशियाली छाएको छ । शान्ति सुरक्षाको अवस्था सामान्य रहेको छ । भ्रष्टाचारविरुद्ध र सुशासन प्रवर्द्धनको नाराकासाथ अघि बढेको […]
काठमाडौँ । नयाँ सरकार गठन भएसँगै काठमाडौँ उपत्यकाको जनजीवन सामान्य बनेको छ । नागरिक आफ्नो पेसा व्यवसायमा संलग्न हुन थालेका छन् भने सडकमा पनि सवारीको चाप बढ्न थालेको छ । शान्ति सुरक्षाको अवस्था सामान्य रहेको छ । भ्रष्टाचारविरुद्ध र सुशासन प्रवर्द्धनको नाराकासाथ अघि बढेको जेनजी पुस्ताको मागअनुरूप पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीका नेतृत्वमा नयाँ सरकार गठन भएको […]
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता सूचीकरण नभएका फेसबुकसहितका सामाजिक सञ्जाल आजैबाट बन्द गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज मन्त्री पृथ्वीसुब्बा गुरुङसहित बसेको बैठकले सो निर्णय गरेको हो । २०८२ भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा सञ्चालन भइरहेका सामाजिक सञ्जाललाई एक साताभित्र सूचीकरण हुन निर्देशन दिएको […]
फेसबुक प्रतिक्रियाहरु