काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक अन्तिम समयमा आएर स्थगन भएको छ ।आज प्रतिनिधिसभामा अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौतामाथि सैद्धान्तिक छलफल गर्ने तयारी थियो ।
दिउँसो १ बजेका लागि तय बैठक सरकारको आग्रहमा अन्तिम समयमा आएर स्थगन गरिएको सभामुख अग्निप्रसाद सापकोटाको प्रेस सल्लाहकार श्रीधर न्यौपानले जानकारी दिए ।
बैठक भोलि दिउँसो १ बजेका लागि बोलाइएको छ ।
फेसबुक प्रतिक्रियाहरु