होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन १९, २०८२
जोडिनुहोस
समाज

गाउँ पसे दलहरू

कार्यकर्ताका गुनासा सुन्न, आश्वासन दिन र पार्टीका विभिन्न समितिहरु पुनर्गठन गर्न नेताहरुलाई भ्याइनभ्याइ छ

  • नागरिक रैबार
गाउँ पसे दलहरू

मुगु — जिल्लाका प्रमुख राजनीतिक दलहरू स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै गाउँ पस्न थालेका छन् । सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपछि कांग्रेस, एमाले, नेकपा एकीकृत समाजवादी, माओवादीलगायत प्रमुख राजनीतिक दलहरूले कार्यकर्ता भेटघाट, पार्टी भेला, प्रशिक्षण, बैठकलगायत कार्यक्रमलाई तीव्रता दिएका हुन् ।

जाडो छल्न प्रदेश राजधानी सुर्खेत र तराईका विभिन्न जिल्लामा गएका राजनीतिक दलका नेताहरू जिल्ला फर्किएर गाउँ केन्द्रित हुन थालेका छन् । ‘अब चुनाव लागिसक्यो,’ कांग्रेस सभापति ऐनबहादुर शाहीले भने, ‘कसरी पार्टीलाई जिताउने भनेर गाउँगाउँमा कार्यकर्ता भेटघाट र भेलाहरू सुरु गरिसकेका छौं ।’ उनीसहित उपसभापति हरिजंग शाही, कर्ण रावल, सचिव लोकेन्द्र मल्ल, महासमिति प्रतिनिधि तिलकबहादुर मल्ललगायत नेताहरूले शनिबारदेखि छायानाथरारा नगरपालिकाका विभिन्न बस्तीमा कार्यकर्ता भेटघाटलाई तीव्रता दिएका छन् । उनीहरू फरकफरक वडामा गएर विभिन्न राजनीतिक कार्यक्रममा सहभागी हुन थालेका हुन् । पार्टीले प्रसिद्ध धार्मिक स्थल थार्पमस्टा मन्दिरमा पूजाआजा गरी गाउँ जागरण अभियान सुरु गरेको जनाएको छ ।

एमालेका जिल्लास्तरीय नेताहरू पनि अहिले विभिन्न गाउँमा खटिएका छन् । बाम, लुम, रुघालगायत बस्तीमा कार्यकर्ता भेटघाटको कार्यक्रम सकिएको एमाले जिल्ला अध्यक्ष जितबहादुर मल्लले बताए । ‘सरकारका अरू तयारी बाँकी होलान्, पार्टीका तर्फबाट भने अनौपचारिक चुनावी अभियान सुरु भइसकेको छ,’ उनले भने, ‘जसरी पनि पार्टीलाई १ नम्बरको पार्टी बनाउन आवश्यक तयारी सुरु भइसकेको छ ।’ उनले कार्यकर्ता र मतदातासमक्ष पुगेर इच्छा, आकांक्षा र गुनासो बुझ्ने कामको सुरुवात गरिसकिएको जानकारी दिए ।

विज्ञापन

एकीकृत समाजवादीले पनि चुनावी अभियान सुरु भइसकेको जनाएको छ । पार्टीले पहिलो चरणमा सोरु गाउँपालिका र छायानाथरारा नगरपालिकामा कार्यकर्ता भेला र संगठन निर्माण अभियान सकिएको जनाएको छ । माओवादी केन्द्रले पनि कार्यकर्तालाई चुनावी अभियानमा सक्रिय बन्न निर्देशन दिइसकिएको जनाएको छ । दलहरूले कार्यकर्ता भेटघाटसँगै अन्य दलका कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराउने कार्यक्रम जारी राखेका छन् । भेटघाटका लागि गाउँमा पुगेका नेताहरूलाई कार्यकर्ताले विभिन्न योजना माग्न थालेको स्थानीय अगुवा कमल शाहीले बताए । ‘अहिले त सबै दलका ठूला नेताहरू गाउँमै छन्, कार्यकर्ताका गुनासा सुन्न, आश्वासन दिन र पार्टीका विभिन्न समितिहरू पुनर्गठन गर्न नेताहरूलाई भ्याइनभ्याइ छ,’ उनले भने, ‘नेताहरू गाउँ पसेपछि कार्यकर्ताहरू पनि उत्साही बनेका छन् ।’

३६ हजार मतदाता

मुगुमा ३६ हजार ६ सय ५५ मतदाता छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार जिल्लामा ६६ हजार ६ सय ५५ जनसंख्या भए पनि झन्डै आधाले मात्र मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा २७ हजार ४ सय ३५ मतदाता थिए । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी धनकृष्ण बडुवालले झन्डै ५ वर्षको अवधिमा करिब १० हजार मतदाता थपिएको बताए । चार वटा स्थानीय तह रहेको मुगुमा ४५ वडा छन् । कान्तिपुरबाट साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
देश/प्रदेश
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि

भर्खरै