होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, मंसिर ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • खप्तड क्षेडेदहले महिलामैत्री सार्वजनिक शौचालय बनाउने
समाचार

खप्तड क्षेडेदहले महिलामैत्री सार्वजनिक शौचालय बनाउने

  • नागरिक रैबार
खप्तड क्षेडेदहले महिलामैत्री सार्वजनिक शौचालय बनाउने

नागरिक रैबार बाजुरा २० मंसिर। बाजुराको खप्तड छेडेदह गाउँपालिकाले पालिकाकामा महिलामैत्री सार्वजनिक महिला मैत्रि सौचालय बनाउने भएको छ ।पालिका भित्रका महिनावारी भएका किशोरी तथा महिलाहरुलाई मध्येनजर गर्दै पालिकाले आगामी वर्ष निति तथा कार्यक्रम मार्फत बजेट छुट्याएर सार्वजनिक स्थानमा शौचालय बनाउने भएको हो ।

स्वास्थ्य अधिकार सुधार परियोजनाले पालिकामा गरेको पालिका स्तरीय दिगोपना कार्यशाला गोष्ठीमा खप्तड क्षेडेदह गाउँपालिकाका जनप्रतिनिधिहरुले आगामी दिनमा मर्यादित महिनावारीको दिगो व्यवस्थापनका लागि निति नै बनाएर अगाडि बढ्ने बताएका हुन् ।गुड नेभर्स इन्टरनेश्नलले संचालन गरेको स्वास्थ्य अधिकार सुधार परियोजना पालिकामा लागु भई काम गर्दा यहाँका किशोरी तथा महिलाहरुको व्यवहारमा परिवर्तन आएको र यहाँका महिनावारीको व्यवस्थापनका लागि आगामी दिनमा पालिकाले नै  निति बनाएर अगाडी बढ्ने गाउँपालिका अध्यक्ष दिल बहादुर रावतले बताएका छन ।

कोईकाको आर्थिक सहयोग तथा गुडनेवर्स इन्टरनेशनल, पिसविन बाजुरा, किर्डाकको प्राविधिक सहयोगमा संचालित स्वास्थ्य अधिकार सुधार परियोजनाले पालिका भित्रका बिध्यालय र किशोरी र महिलाहरुसंग मर्यादित महिनावारी बारे जनचेतना दिने काम गरेकोले यसलाई पालिकाले आत्मसाथ गर्दै निती बनाएर बिभिन्न कार्यहरु अगाडी बढाउने पालिका अध्यक्ष रावतले बताएका हुन् ।

विज्ञापन

बाजुरा जिल्लामा विगत ३ वर्ष देखि संचालन हुँदै आएको स्वास्थ्य अधिकार सुधार परियोजना प्रभावकारी बनेको पाईएको छ । बाजुराका ३ नगरपालिका सहित २ गाउँपालिका गरी पाँच पालिकामा महिनावारी स्वच्छता व्यवस्थापन मार्फत किशोरी तथा महिलाहरुको स्वास्थ्य र अधिकारमा अभिवृद्धि गर्ने उद्देश्यले लागु भएको थियो ।

तिन वर्षमा परियोजनाले महिनावारी सम्बन्धी समाजमा भेदभाव न्यूनीकरण गरी समुदायको चेतनामा अभिवृद्धि गर्नुका साथै महिनावारी किशोरीहरुको व्यवहारमा समेत परिर्वतन भएको छ ।परियोजनाले विशेष गरी विद्यालयमा अध्ययनरत महिनावारी किशोरीहरुको सुविधाका लागि विद्यालयमै प्रविधिमैत्री शौचालय निर्माण गरेपछि महिनावारी भएको बेला समेत किशोरीहरुलाई नियमित विद्यालयमा जान सहज भएका कारण यस सम्बन्धी निती बनाएर अगी बढ्ने खप्तड छेडेदह गाउँपालिका उपाअध्यक्ष बिसुदेवी नाथले बताइन ।

परियोजनाले ३ वर्षको अवधिमा पालिका स्तरका विद्यालयहरुमा अध्ययनरत महिनावारी किशोरीहरुको व्यवस्थापन र महिलाहरुको स्वास्थ्यका क्षेत्रमा ठुलो सहयोग गरेको छ ।कोईकाको आर्थिक सहयोग तथा गुडनेवर्स इन्टरनेशनल, पिसविन, किर्डाकको प्राविधिक सहयोगमा संचालित उक्त परियोजना बाजुराको खप्तड क्षेडेदह, गौमुल, बडीमालिका, त्रिवेणी र बुढीगंगा नगरपालिकामा संचालनमा रहेको थियो ।

परियोजना लागु भएका ५ वटै पालिकामा परियोजनाले ३ वर्षमा महिनावारी स्वच्छता व्यवस्थापन मार्फत किशोरी तथा महिलाहरूको स्वास्थ्य अधिकारमा अभिवृद्धि गर्नुका साथै विद्यालयमा महिनावारी स्वच्छता व्यवस्थापनमा सुधार गरेको स्वास्थ्य अधिकार सुधार परियोजनाका जिल्ला संयोजक देवेन्द्र शाहले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै