होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, मंसिर ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा विप्लवका ९ जना कार्यकर्ता प्रहरीको नियन्त्रणमा
समाचार

बाजुरामा विप्लवका ९ जना कार्यकर्ता प्रहरीको नियन्त्रणमा

  • नागरिक रैबार
बाजुरामा विप्लवका ९ जना कार्यकर्ता प्रहरीको नियन्त्रणमा

नागरिक रैबार/बाजुरा ७ भदौ।बाजुरामा बजार बन्द गराउँदै हिँडेका विप्लवका ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार विहान सदरमुकाम मार्तडी बजार बन्द गराउँदै हिँडेका विप्लव नेतृत्वको नेकपा बाजुराका सचिव भुपेन्द्र विक, केन्द्रिय सदस्य मानबहादुर रावत, जिल्ला कमिटी सदस्य सुक नेपालीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक (डिएसपी)सुर्य थापाले बताएका छन् ।

डिएसपी थापाका अनुसार कोल्टी बजारमा समेत बजार बन्द गराउँदै हिँडेका ६ जना विप्लव कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।आज देशभर नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपाल बन्दको घोषणा गरेपछी बाजुरामा समेत विप्लवका कार्यकर्ताले बजार बन्द गराउने प्रयास गरेका थिए । हिजो साँझ मात्रै विप्लव समूहका कार्यकर्ताले जगन्नाथको पिलुचाैरमा राँके जुलुस निकालेकाे थियो ।

विप्लवको बन्दको प्रभाव बाजुरामा सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । जिल्लामा छोटो दुरीका सवारी साधान छिटपुट रुपमा चलिरहेका छन् भने लामो दुरीका सवारी साधानहरु भने जिल्ला भित्रिन सकेका छैनन् ।

विज्ञापन

विप्लवको आजको बन्दले सदरमुकाम मार्तडी भित्रका सामुदायिक तथा निजि विद्यालयहरु भने बन्द भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार