वैदेशिक व्यापारलाई सहज बनाउने उद्देश्यका साथ कफी ‘एक्सपर्ट गाइड क्वालिटी फर ट्रेड प्लाटफम एण्ड कस्टोमाइज मार्केट एक्सेस म्याप’ पोर्टलको उद्घाटन गरिएको छ । अन्तर्राष्ट्रिय व्यापार केन्द्र व्यपार तथा निकास प्रवर्द्धन केन्द्रको संयुक्त सहकार्यमा उक्त म्यापको उद्घाटन गरिएको हो । बुधबार ललितपुरमा आयोजित एक कार्यक्रमका बीच म्यापको उद्घाटन उद्योग मन्त्रालयका सचिव गणेश पाण्डे र नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डेप्रेजले संयुक्त रुपमा गरे ।
सो अवसरमा पाण्डेले म्यापले वैदेशिक व्यापारलाई सहजीकरण गर्न नयाँ उर्जा थपिएको प्रतिक्रिया दिए । नेपालमा उत्पादित कफीको माग अन्तर्राष्ट्रिय बजारमा उच्च रहेको उल्लेख गर्दै पाण्डेले पोर्टलको माध्यमबाट बजारीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘नेपालमा उत्पादित कफीको अन्तर्राष्ट्रिय बजारमा उच्च छ । तर सोअनुसार निर्यात हुन सकेको छैन’,उनले भने , ‘ पोर्टलले कफी निर्यातमा सहज बनाउने छ ।’ पोर्टलको सहयोगले प्रयोगकर्तालाई आयात तथा निर्यातका भन्सार दरबन्दी , व्यापार सम्झौतहरुको सूचनाको पहुँच गर्ने, विश्लेषण गर्ने तथा डाउनलोड गर्नका लागि उपयोगी हुने अपेक्षा गरिएको छ ।
पोर्टलमा थप गरिएको मार्केट एक्सेस म्यापको सुविधाले गर्दा नेपालका उद्योग तथा निर्यातकर्तालाई व्यापारसँग सम्बन्धित निर्णय गर्नको लागि तथा जटिल तथ्याङ्क पाउन सूचना केन्द्रको रुपमा काम गर्ने विश्वास लिइएको छ ।
मार्केट एक्सेस म्याप घरेलु, साना तथा मझौला उद्यमीहरुको निकासी तथा पैठारीमा उपयुक्त रहेको बताइएको छ । यसले प्रयोगकर्तालाई आयात तथा निर्यातका भन्सार दरवन्दी, भन्सार दरमा कोटा, व्यापारमा प्रतिकार गर्ने नीति तथा व्यापार सम्झौताहरूको विस्तृत सूचना थाहा पाउनसमेत मद्दत गर्छ ।
फेसबुक प्रतिक्रियाहरु