होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, पुस १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • बडीमालिकाका विपन्न नागरिकलाई निःशुल्क एम्वुलेन्स सेवा दिईने
बाजुरा बिशेष

बडीमालिकाका विपन्न नागरिकलाई निःशुल्क एम्वुलेन्स सेवा दिईने

  • नागरिक रैबार
बडीमालिकाका विपन्न नागरिकलाई निःशुल्क एम्वुलेन्स सेवा दिईने

नागरिक रैबार/बाजुरा ९ जेठ।बडीमालिका नगरपालिकाले नगरभित्रका गरिब, बिपन्न नागरिकलाई निशुुल्क एम्बुुलेन्स सेवा उपलब्ध गराउने भएको छ । भर्खरै सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट बडीमालिकाको नगरप्रमुख अमर खड्का र उपप्रमुख नन्दा थापाले पदभार ग्रहणपछि गरेका निर्णयहरु सोमबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको थियो ।

पत्रकार सम्म्मेलन मार्फत सार्वजनिक गरिएको निर्णय अनुसार नगरपालिकाले नगर भित्रका अति विपन्न, गरिव असहाय रहेका नागरिकहरुको स्वास्थ्य अवस्थालाई मध्येनजर गर्दै एम्वुलेन्स खरिद गरेर संचालनमा ल्याउन लागेको बताएको छ । त्यस्तै पत्रकार सम्मेलनमा नगरपाललिकालाइ सम्मृद्ध नगर बनाउन १२ वटा महत्वपूर्ण निर्णयहरु सार्वजनिक गरिएका थिए ।

बडीमालिका नगरपालिलकाका नगरप्रमुख अमर खड्काको अध्यक्षतामा संचालन गरिएको पत्रकार सम्मेलनको संचालन बडीमालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले गरेका थिए । कार्यक्रममा नगरउपप्रमुख नन्दा थापा, प्रमुख प्रशासकीय अधिकृत दाताराम प्याकुरेल, नगरपालिकाका सूचना अधिकारी पुष्पराज भट्ट, नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष छक्क मल्ल लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।

विज्ञापन

पदभार ग्रहणपछि यस्ता छन् निर्णयहरु

निर्णय नं. १ ः विशेष धन्यवाद ज्ञापन –निर्वाचन आयोग , सार्वभौम मतदाता, राष्ट्रसेवक कर्मचारी,नेपाली सेना, नेपाल प्रहरी , सशत्र प्रहरी , पार्टीका कार्यकर्ता, पत्रकार, पर्यवेक्षक, सम्बद्ध सरोकारवाला पक्षहरुलाई धन्यबाद ज्ञापन गर्ने ।
निर्णय नं. २ः क) निवर्तमान जनप्रतिनिधिहरुलाई धन्यवाद ज्ञापन गर्ने ।
ख) निर्वाचन जनप्रतिनिधिहरुको आफ्नो कार्यकालभरी राष्ट्रिय पोशाक लगाउने । राष्ट्रिय पोशाकको रङ एउटै हुने छ ।
निर्णय नं.३ जनप्रतिनिधिहरु जनता, राष्ट्र, राष्ट्रियता, संविधान , सुशासन, नैतिक आचरण युक्त जीवनयापनप्रति उत्तरदायी, जवाफदेहिता तथा पारदर्शिता कायम गर्न प्रत्येक जनप्रतिनिधिहरुले निम्न बमोजिमका आचारसंहिता पालना गर्ने प्रतबिद्दता गर्दछौ ः
क.हामी शुसासनका निमित्त सुन्य सहनशिलता कायम गर्ने छौ ।
ख. हामी भ्रष्टाचार तथा अनियमिता गर्ने छैनौं । कसैले गरेमा सहने छैनौ ।
. हामी सामाजिक तथा लैङ्गिक विभेद रहित समाज निर्माणको अभियानमा समर्पित हुने छौ ।
घ. सामाजिक न्याय तथा सन्तुलित विकासको सिद्धान्तलाई पूर्णरुपमा कार्यन्वयन गर्ने छौ ।
. समान अवसर श्रमको उचित सम्मान र ज्यालाको सुनिश्चितता गर्ने छौ ।
च. राजनितिक आग्रह र पूर्वाग्रहरुलाई पुर्णरुपमा निरुत्साहित गर्नेछौ ।

निर्णय नंं.४ः नगरपालिकामा कार्यरत सम्पुर्ण कर्मचारीले तोकिएको समयमा तोकिएको पोशाकमा कार्यालयमा उपस्थित भइ आफ्नो कार्यसम्पादनमा जानु पूर्व सामुहिक राष्ट्रिय गानमा सहभागीता हुनुपर्ने ।

निर्णय नं. ५ः नगरपालिकाबाट हुने सम्पूर्ण योजनाको लागत स्टीमेट नेपाली भाषामा हुनेछ । योजना तथा कामदारको भुक्तानी बैंकिङ कारोवारमार्फत हुनेछ । कामको गुणस्तरीयताको मुल्याङ्गनका आधारमा भुक्तानी गरिनेछ ।

निर्णय नं. ६ः निर्बाचित जनप्रतनिधिले पदभार ग्रहण पूर्वको समयसम्म यस नगरले गरेका आर्थिक, सामाजिक, शैक्षिक तथा भौतिक पुर्वाधार विकास निर्माणको स्वयतपत्र मिति २०७९ जेठ २५ गते सार्वजनिकरण गरिनेछ ।

निर्णय नं.७ ः निर्बाचित जनप्रतिनिधीहरुले चुनावमा गरेका प्रतिवद्धताहरु के कति पुरा गर्न सकियो भनेर नियमित आवधिक समिक्षा गरिनेछ । आम जनताको सन्तुष्टिको मुल्याङ्कन ÷ आफ्नो स्व. मुल्याङ्कन गरिनेछ । सक्ने काम गर्छु भनेर कसैलाई पनि झुटो आस्वासन तथा बचन दिइने छैन, विनम्रतापूर्वक यो काम सम्भव छैन भनेर समयमै यथार्थ कुरा बताउनेछौ ।

निर्णय नं. ८: नगरपालिका सम्बन्धि छलफल तथा निर्णय गर्दा जनप्रतिनिधिहरुले आफ्नो परिवारका कुनै पनि सदस्यलाई सहभागी गराइने छैन । अनाधिकृत व्यक्तिले पालिकाको शक्ति र श्रोत प्रयोग गर्न सक्ने तर्फ जनप्रतिनिधि र कर्मचारी प्रशासन सजग र सचेत रहने छौ ।

निर्णय नं.९ः निर्वाचित जनप्रतिनिधिहरुको प्रत्येक आर्थिक वर्षको शुरु र अन्तिममा व्यक्तिगत सम्पत्ति विवरण नेपाल सरकारलाई बुझाइनेछ र सार्वजनिकरण गरिनेछ ।

निर्णय नं. १०. योजना छनोटका ७ वटा चरणलाई पूर्णकार्यन्वयन गरिने छ । नगरको समग्र विकासको आवधिक योजना निर्माण गरी कार्यन्वयन गरिनेछ र पालिकाको यथार्त गुरुयोजना नगर प्रोफाइललाई समय समयमा अध्यावधिक गरि गुणस्तरिय विकासको सुनिश्चितता गरिनेछ । विपद प्रतिकार्य योजना निर्माण गरी नगरलाई विपद जोखिम न्युनीकरण तथा व्यवस्थितकोषको स्थापना गरिनेछ ।

निर्णय नं.११. हामी नगरपालिका र नगर समस्त नागरिकको हितप्रति प्रतिवद्धता रहनेछौ । प्रचलित ऐन नियम नितिको अक्षरस पालना गर्ने छौ ।
निर्णय नं.१२. एम्बुलेन्स खरिद गरि नगरपालिका भित्रका गरिब, बिपन्न नागरिकलाई नगरपालिका भित्र निशुुल्क एम्बुुलेन्स सेवा उपलब्ध गराउने ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार