होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • अपराध
  • हत्या षड्यन्त्रको आरोपमा लेखा अधिकृत पक्राउ
अपराध

हत्या षड्यन्त्रको आरोपमा लेखा अधिकृत पक्राउ

  • नागरिक रैबार
[sharethis-inline-buttons]
हत्या षड्यन्त्रको आरोपमा लेखा अधिकृत पक्राउ

काठमाडौंः सर्लाहीको वाग्मती नगरपालिकाका लेखा अधिकृत पक्राउ परेका छन्। एक व्यापारीको हत्या गर्न षड्यन्त्र गरेको आरोपमा उनलाई म्याग्दीबाट पक्राउ गरी ल्याइएको हो। सिद्धिबहादुर रायमाझीलाई गोली हानी हत्या गर्नका लागि भारतीय सुटर बोलाएको आरोपमा पक्राउ पुर्जी जारी भएपछि लेखा अधिकृत ५० वर्षीय विश्वराज पोखरेल गत पुसदेखि फरार थिए।

अदालतबाट हिरासत म्याद थप गरेर अनुसन्धान भइरहेको एसपी कृष्ण प्रसाईंले बताए। व्यवसायी रायमाझीले जाहेरीसहित भारतीय सुटरसँगको कुराकानी, गोली हान्न उनको घर आसपास सुटरहरूको ‘रेकी’ को दृश्य र लेखा अधिकृत पोखरेलले गोप्य योजना बनाउने क्रममा मोबाइलमा रेकर्ड भएका कुराकानीसमेत जिल्ला प्रहरीमा बुझाएका छन्। पोखरेलविरुद्ध गत पुस २२ मा पक्राउ पुर्जी जारी भएको थियो।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै