काठमाडौं । नेकपा एमालेको तेस्रो केन्द्रीय कमिटी बैठक काठमाडौंमा सुरु भएको छ । बबरमहलस्थित एक ब्यांक्वेटमा अध्यक्ष केपी शर्मा ओलीले बैठक उदघाटन मन्तव्य राख्दै बैठक सुरु गरेका छन् । आजको बैठकका लागि एमालेले ११ वटा कार्यसूची बनाएको छ ।
बैठकका कार्यसूची
१ . रिपोर्टिङ
२ . राजनीतिक प्रतिवेदन
३ . विभागहरूको गठन
४ . स्थानीय निर्वाचनको मापदण्ड र सिफारिश प्रक्रिया
५ . घोषणापत्र तयारी
६ . पार्टीको बार्षिक क्यालेन्डरको तयारी
७ . पार्टी स्थापना दिवस
८ . निर्वाचनमा केन्द्रीय नेतृत्वको भूमिका
९ . सचिवालयको बैठकका निर्णयहरुको अनुमोदन
१० . लेखा तथा आर्थिक व्यवस्थापन विनियम
११ . विविध
फेसबुक प्रतिक्रियाहरु