होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, असार २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • लोकतान्त्रिक आन्दोलन जोगाउन एमालेले जित्नुपर्छ : ओली
समाचार

लोकतान्त्रिक आन्दोलन जोगाउन एमालेले जित्नुपर्छ : ओली

  • नागरिक रैबार
लोकतान्त्रिक आन्दोलन जोगाउन एमालेले जित्नुपर्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक आन्दोलनको रक्षा गर्न एमालेले आगामी चुनाव जित्नुपर्ने बताएका छन् । बुधबार बबरमहलमा सुरु पार्टी केन्द्रीय कमिटी बैठकमा ओलीले एमाले वामपन्थी मात्रै नभएर पुरानो लोकतान्त्रिक पार्टी भएको बताए ।

‘हामी वामपन्थी मात्र नभई लोकतान्त्रिक आन्दोलनको मूलधार बोकेको पार्टी हो भन्न कुनै गाह्रो मान्नुपर्दैन’, ओलीले भने । अहिले लोकतन्त्र र प्राप्त उपलब्धी रक्षा गर्नुपर्ने खास परिस्थिति रहेको अध्यक्ष ओलीले बताए ।

‘लोकतन्त्र रहने कि नरहने, न्यायिक समाजको स्थापना हुने कि नहुने, प्राप्त उपलब्धीहरुको रक्षा हुने कि नहुने भन्ने मूख्य कुरा हो’, उनले भने । अध्यक्ष ओलीले लोकतन्त्र र प्राप्त उपलब्धीको रक्षा गर्न एमालेले आगामी स्थानीय चुनाव जित्नुपर्ने बताए ।

विज्ञापन

‘..सुखी नेपाल, समृद्ध नेपालको अभिभारा पूरा गर्ने दायित्व हामीसँग छ । त्यो सबै गर्न चुनाव जित्नुपर्छ’, ओलीले भने ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार