होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गठबन्धन टुटाउने षड्यन्त्र भइराखेको छ : प्रचण्ड
समाचार

गठबन्धन टुटाउने षड्यन्त्र भइराखेको छ : प्रचण्ड

  • नागरिक रैबार
गठबन्धन टुटाउने षड्यन्त्र भइराखेको छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताएका छन् ।बुधबार पार्टीको बागमती प्रदेश समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गरी फर्किने क्रममा न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुराकानी गर्दै उनले गठबन्धन र सरकार टुटाउने खतरा बढेको बताएका हुन् ।

परिवर्तनलाई कमजोर पार्ने खतरा भएपनि प्रतिक्रान्ति हुने सम्भावना भने नरहेको प्रचण्डको टिप्पणी छ ।‘खतरा त बढेकै छ नि । यो परिवर्तन कुनै न कुनै रुपले कमजोर पार्ने, यो गठबन्धन टुटाउने, यो सरकार टुटाउने षड्यन्त्र त भइराखेकै छ नि । तर अहिले भर्खरै प्रतिक्रान्ति नै हुने भइसक्यो भन्ने कुरा चाहिं होइन’ उनले भने ।प्रचण्डले बुधबार बिहान गृहमन्त्री बालकृष्ण खाँणसँग खुमलटारमा भेटवार्ता भएपनि प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट नभएको बताए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार