नागरिक रैबार ९ बैशाख। बाजुराका मुख्य निर्वाचन अधिकृत मानवीय जिल्ला न्यायधिस माधव प्रसाद घिमिरेले आगामी बैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनमा निर्बाचन आचारसंहिताको पुर्ण रुपमा पालना गर्न निर्देशन दिनु भएकाे छ ।
शुक्रबार सदरमुकाम मार्तडीमा निर्वाचन लाई लक्षित गरेर आयाेजना गरेकाे कार्यक्रममा मुख्य निर्वाचन अधिकृत घिमिरेले निर्बाचानलाई भयरबित बनाउन र निर्वाचन आचार संहिताकाे पूर्ण पालना गर्न जिल्लास्थित राजनैतिक दल लगायत बाजुराबासीहरुलाई आग्रह गरेका छन् ।
त्यसै गरी निर्बाचनलाई भयबित नबनाउन निर्बाचन आचार संहिताको पुर्ण रुपमा पालना गर्न राजनैतिक दलका नेताहरुले प्रतिबद्धता जनाएका छन । नेकपा एमालेका उपसचिव काशी बिक, नेपाली काग्रेसका जिल्ला सभापती रामसिं रावल, नेकपा माओबादी केन्द्रका नेता रमेश बिक र नेकपा एकिकृत समाजवादी पार्टीका नेता मान बहादुर कार्की लगायतका नेताहरुले निर्बाचन आचारसंहिताको पुर्ण पालना गर्न आफ्नो पार्टी कमिटिमा सर्कुलर गर्ने बताएका छन ।
स्थानीय तहको निर्बाचन नजिकीए संग जिल्लामा निर्बाचनका गतिबिधीहरु बढ्दै गएको छ । ८ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिए संगै जिल्लामा निर्बाचनका गतिबीधीहरु बढेका छन ।
स्थानीय तहको निर्वाचन आउन करिव ३ साता बाँकी रहँदा जिल्ला निर्वाचन कार्यालयले पनि आफ्नो तयारी तिव्र पारेको छ । जिल्लामा आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लाभर ७० वटा मतदान केन्द्र र १ सय १२ निर्वाचन स्थल तोकिएका छन । बाजुरामा ८२ हजार ६ सय ७० जना मतदाता रहेका छन ।
फेसबुक प्रतिक्रियाहरु