होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, असार १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • धनगढी पुगेर महेश बस्नेतले भने ओलीले प्रचण्डलाई सुनाएको ‘भेडा चोर’को कथा
समाचार

धनगढी पुगेर महेश बस्नेतले भने ओलीले प्रचण्डलाई सुनाएको ‘भेडा चोर’को कथा

  • नागरिक रैबार
धनगढी पुगेर महेश बस्नेतले भने ओलीले प्रचण्डलाई सुनाएको ‘भेडा चोर’को कथा

धनगढीः राष्ट्रिय युवा संघको कार्यक्रममा सहभागी हुन नेकपा एमालेका युवा नेता महेश बस्नेत धनगढी आएका छन्। उनी सोमबार साँझ धनगढी पुगेका हुन्। बस्नेत मंगलबार बिहान प्रेस चौतारी नेपाल कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा पनि सहभागी भएका थिए। उक्त पत्रकार सम्मेलनमा समसामयिक विषयमा नेकपा एमालेको धारणा राख्दै बस्नेतले अहिले विवादित बनेको मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी), स्थानीय तहको निर्वाचन र सरकारको कार्यशैलीको बारेमा टिप्पणी गरेका छन्।

पत्रकार सम्मेलनमा नेता बस्नेतले एमसीसीको बारेमा आफ्नो पार्टीले आधिकारिक धारणा सार्वजनिक नगरेको बताए पनि अन्य राजनीतिक दल र नेताको चरित्रमाथि भने प्रश्न उठाएका छन्। उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई चार मुखे समेत भएको भन्न भ्याए। ‘हामीले पहिला पहिला भगवान बर्माको चार मुख हुन्छ भन्ने सुनेका थियौं। अहिले प्रचण्ड र माधव नेपालका चार मुख छन् एमसीसीका सवालमा,’ उनले भने, ‘उहाँहरु एमसीसी परियोजनालाई चिट्ठी लेखेर पाँच महिनाभित्र पास गछौं पनि भन्नुहुन्छ। र, उहाँहरु प्रधानन्याधिशलाई महाभियोग लगाएर एमसीसी पास गछौं। गठबन्धन जोगाउँछौं पनि भन्नुहुन्छ।’ अहिलेको सरकारसँग एमसीसी पास गर्ने बहुमत भएको उनले बताए। गठबन्धनले नै अहिले एमालेको साथ खोजेको उनको भनाइ थियो।

सोही पत्रकार सम्मेलनमा नै बोल्दै नेता बस्नेतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रचण्डले सहयोगको प्रस्ताव राख्दा ओलीले सुनाएको भेडा चोरको कथा पनि भनेका छन्। ‘प्रचण्डको उक्त प्रस्तावपछि अध्यक्ष कमरेडले भेडा चोरको कहानी पनि सुनाइदिनुभयो। भेडा चोर्ने तपाईंहरु, भेडा काट्ने तपाईंहरु, भेडाको मासु खाने तपाईंहरु अनि भेडाको छाला चाँही एमालेको टाउकोमा झुन्ड्याइदिएर एमालेले भेडा चोरेर खायो भन्ने आरोप लगाउने तपाईंहरु,’ ओलीले प्रचण्डलाई फोनमा भनेको कुरा सुनाउँदै बस्नेतले भने, ‘त्यसो भएको हुनाले यो खालको खेलमा एमाले फस्दैन र सत्ताधारी दलले एमसीसी मात्रै होइन कुनै पनि कुराहरु हामीसँग सल्लाह नगरिकन पेश गर्ने। र, एमाले चाही लुरुलुरु काँगे्रस वा गठबन्धन पछाडि लाग्ने स्थिति हुँदैन।’

विज्ञापन

मुलुकका निमित्त यो गठबन्धन आवश्यक नरहेको समेत नेता बस्नेतको तर्क छ। बस्नेतले सभामुखको कार्यशैलीप्रति पनि आलोचना गर्दै सरकारको विभिन्न विषयमा टिप्पणी गरेका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै