होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • चैतमा म्यादी प्रहरीको भर्ना खोल्ने तयारी
समाचार

चैतमा म्यादी प्रहरीको भर्ना खोल्ने तयारी

  • नागरिक रैबार
चैतमा म्यादी प्रहरीको भर्ना खोल्ने तयारी

काठमाडौं । आउँदो वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा भएसँगै प्रहरी र अरू सुरक्षा निकायले पनि आवश्यक गृहकार्य सुरु गरेका छन् ।

नेपाल प्रहरीले पनि सुरक्षा रणनीतिको गृहकार्य सुरु गरेको छ । प्रहरी प्रधान कार्यालयले निर्वाचन सुरक्षा रणनीतिका लागि आवश्यक गृहकार्य सुरु गरेको हो ।

प्रहरी प्रधान कार्यालयको कार्य विभागका डीआईजी रवीन्द्र धानुकको नेतृत्वमा निर्वाचनकेन्द्रित सुरक्षा समिति गठन गरिएको छ । समितिले आवश्यक कामहरू सुरु गरिसकेको डीआईजी धानुकले जानकारी दिए ।

विज्ञापन

प्रहरी प्रधान कार्यालयले आवश्यक जनशक्ति, स्रोत–साधन, बजेटलगायत विषयमा समेत गृहकार्य गरिरहेको छ ।

स्थानीय तह निर्वाचनका लागि एक लाख २० हजार म्यादी प्रहरी माग गर्ने प्रहरी प्रधान कार्यालयको तयारी छ । उनीहरूलाई दुई महिना बराबरको तलब सुविधा माग गर्ने तयारी समेत प्रहरी प्रधान कार्यालयको छ । आउँदो चैतमा म्यादी प्रहरीका लागि भर्ना लिइने सम्भावना छ ।

भर्नामा अवकाशप्राप्त सेना, प्रहरीलाई प्राथमिकतामा राख्ने तयारी छ । अवकाशप्राप्त सेना, प्रहरीसँग अनुभव हुने भएकाले उनीहरूलाई परिचालन गर्न सहज हुने सुरक्षा निकायको बुझाइ छ ।

गृह मन्त्रालयले समेत पछिल्लो १० वर्षमा अवकाश पाएका सेना, प्रहरी र सशस्त्रको विवरण राख्न सम्बद्ध सुरक्षा निकायलाई निर्देशन दिइसकेको छ ।

प्रहरीले विस्तृत सुरक्षा कार्ययोजना गृह मन्त्रालयमा बुझाउने तयारी गरेको छ । ०७४ सालमा तीन चरणमा स्थानीय तहको निर्वाचन भएको थियो । योपटक एकैचरणमा हुनेछ । ०७४ सालको निर्वाचनमा ७५ हजार म्यादी प्रहरीको भर्ना लिइएको थियो ।

निर्वाचनमा चारवटै सुरक्षा निकाय परिचालन हुँदै आएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार