काठमाडौँ — टेलिफोन कल बाइपास गरेको तथा अनलाइन जुवाको धन्धा चलाएको आरोपमा चिनियाँ नागरिकसहित ३७ जना व्यक्तिहरू नयाँ बानेश्वरबाट पक्राउ परेका छन् । सोमबार राति नयाँ बानेश्वरबाट उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ ।
काठमाडौं प्रहरी परिसरका एसपी दीनेशराज मैनालीका अनुसार उनीहरूलाई नियन्त्रणमा लिई घटनाबारे प्रहरीले छानबिन गरिरहेको छ ।
उनीहरूले अनलाइनको माध्यमबाट जुवा खेलाउने तथा धम्क्याउने गरेको प्रहरीको आरोप छ ।अहिले उनीहरू सबैलाई नयाँ बानेश्वर प्रहरी वृत्तमा राखिएको बताइएको छ ।
फेसबुक प्रतिक्रियाहरु