होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, अशोज ५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सरकारसँग अनुमति नलिई आफूखुसी क्यालेण्डर निकाले कारबाही
समाचार

सरकारसँग अनुमति नलिई आफूखुसी क्यालेण्डर निकाले कारबाही

  • नागरिक रैबार
सरकारसँग अनुमति नलिई आफूखुसी क्यालेण्डर निकाले कारबाही

काठमाडौं । सरकारले आफूखुसी क्यालेण्डर छापेर बजारमा पठाउनेहरुलाई कडाइ गरेको छ । क्यालेण्डर तथा पात्रोको नियमन गर्ने अधिकार पाएको पञ्चांग निर्णायक विकास समितिले स्वीकृति नलिई आगामी वर्षको लागि बजारमा क्यालेण्डर पठाउनेमाथि कडाइ गरेको हो ।

पञ्चांग निर्णायक विकास समिति गठन आदेश, २०७७ ले दिएको अधिकार प्रयोग गरी क्यालेण्डरमाथि कडाइ गरिएको समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलले जानकारी दिए । बजारमा आफूखुसी क्यालेण्डर छापेर बेच्दा सार्वजनिक बिदा र अन्य सूचनामा समेत एकरुपता आउन छाडेपछि यसमा कडाइ गर्न लागिएको ढुंगेलले जानकारी दिए ।

ढुंगेलका अनुसार अहिले बजारमा स्वीकृति विपरीत छापिएका क्यालेण्डर जफत गरेर कारबाही गर्नका लागि समितिले अनुगमन सुरु गरिसकेको छ । बजारमा स्वीकृति विपरीतका क्यालेण्डर भेटिए जफत गर्ने र मन्त्रालयको निर्णयअनुसार कारबाही प्रक्रिया अघि बढाउन लागिएको ढुंगेलले जानकारी दिए ।

विज्ञापन

क्यालेण्डर छाप्नुपूर्व स्वीकृति लिनको लागि समितिले शुल्क तोकेको छ । जसमा मूल्यसूची नराखी आन्तरिक प्रयोजनको लागि छापिएको लागि ५ हजार रुपैयाँ र मूल्य राखेर बजारमा पठाउने क्यालेण्डरको लागि स्वीकृतिबापत १० हजार रुपैयाँ शुल्क तोकिएको ढुंगेलले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै