होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अनेरास्ववीयुका नेता चेतन अयडीको मृत्युपछि एमालेका युवाको मार्तडीमा प्रर्दशन
समाचार

अनेरास्ववीयुका नेता चेतन अयडीको मृत्युपछि एमालेका युवाको मार्तडीमा प्रर्दशन

मतगणना स्थल र लोकतान्त्रिक चोकमा टायर बालियो

  • नागरिक रैबार
अनेरास्ववीयुका नेता चेतन अयडीको मृत्युपछि एमालेका युवाको मार्तडीमा प्रर्दशन

नागरिक रैबार/बाजुरा ५ मंसिर।बाजुराको त्रिवेणी नगरपालिका वडा नम्वर ७ मा हिजो मतदानका दिन भएको घटनामा सुरक्षाकर्मीले लापरवाही गरेको विषयलाई लिएर नेकपा एमाले समर्थक युवाहरुले प्रर्दशन सहित सदरमुकाम मार्तडी बजार बन्द गरेका छन् ।

एमालेका युवाहरुले सोमबार विहान सदरमुकाम मार्तडीमा रहेको लोकतान्त्रिक चोक, दुनिहाटबजार र मतगणना स्थल जिल्ला प्रशासन कार्यालय नजिकै रहेको खुलामंचमा टायर बालेर प्रर्दशन गरेका हुन् ।

हिजो मतदान सम्पन्नपछि त्रिवेणी नगरपालिका वडा नम्वर ७ मा अनेरास्ववीयुका नेता चेतन अयडी घरभित्र बसिरहेको बेला नेपाली काँग्रेसका कार्यकर्ताहरुले मरणासन्न हुने गरी कुटपिट गर्दा पनि सुरक्षाकर्मीहरुको लापरवाहीका कारण मृत्यु भएको भन्दै मार्तडीमा बजार बन्द सहित प्रर्दशन गरिएको अनेरास्ववीयका नेता राजिव रोकायाले बताएका छन् ।

विज्ञापन

मतदान सम्पन्न पछि काँग्रेस कार्यकर्ताको कुटाईबाट घाईते भएका अयडीको उपचारका क्रममा बयालपाटा अस्पतालमा मृत्यु भएको थियो । त्यस्तै हिजोकै घटनामा सुरक्षाकर्मीको गोली लागेर त्रिवेणी नगरपालिका ७ का सन्जिव अयडीको घटनास्थलमा मृत्यु भएको थियो ।

मार्तडीमा मृतक दुवै जनाको न्यायका लागि भन्दै एमाले समर्थक युवाहरुले बजार बन्द र मतगणनास्थल अगाडि टायर बालेर विरोध गरेपछि मार्तडीमा नेपाली सेना परिचालन गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै