होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन ९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ३३ वर्षपछि कविरामले पाए आफ्नै नामको नागरिकता
समाचार

३३ वर्षपछि कविरामले पाए आफ्नै नामको नागरिकता

'कुकुर कामी' नाम उल्लेख गरिएका कविरामलाई जिल्ला प्रशासनले नयाँ नागरिकता प्रदान गरेको होे ।

  • नागरिक रैबार
३३ वर्षपछि कविरामले पाए आफ्नै नामको नागरिकता

दैलेख — जिल्ला प्रशासन कार्यालय दैलेखले भगवतीमाई गाउँपालिका –३ मेहेतोलीका कविराम कामीलाई नयाँ नागरिकता प्रदान गरेको छ ।गृहमन्त्रालयले अपमानजनक नाम भएका नागरिकताबारे आवश्यक प्रक्रिया पूरा गरी जिल्ला प्रशासन कार्यालयलाई पुन: नागरिकता दिन निर्देशन दिएपछि ‘कुकुर कामी’ नाम उल्लेख गरिएका कविरामलाई जिल्ला प्रशासनले नयाँ नागरिकता प्रदान गरेको होे ।

२०४६ जेठ १० गतेको गाउँमा नागरिकता टोली गएको बेलामा कविरामको नाम तत्कालीन प्रधानपञ्चको सिफारिसमा ‘कुकुर कामी’ लेखिएको थियो । ‘नाममै अमपमान’ शिर्षकमा कान्तिपुरले समाचार लेखेपछि गृह मन्त्रालय र संसदको ध्यानाकर्षण भएको थियो ।

त्यसलगत्तै गृह मन्त्रालयले जिल्ला प्रशासनहरुलाई पत्राचार गर्दै अपमानजनक नाम सच्याउन निर्देशन दिएको थियो । कविरामलाई आइतबार प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले नयाँ नागरिकताको प्रमाणपत्र दिएका हुन् । नागरिकता प्रमाणपत्र लिन उनी वडा कार्यालयको सिफारिससहित प्रशासन कार्यालय पुगेका थिए ।

विज्ञापन

३३ वर्षपछि नागरिकतामा वास्तविक नाम पाएपछि कविराम खुसी भए । उनले भने, ‘नयाँ जुनी पाएको महसुस भएको छ ।’ आफ्नै नामबाट नागरिकता पाउला भन्ने सोचेकै थिइनँ । कविराको नागरिकतासँगै ‘कुकुर कामी’ नाम भएका अन्य प्रमाणपत्रहरु खारेज गरिने प्रजिअ प्याकुरेलले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ४ दिन अगाडि

भर्खरै