होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अक्सिजन प्लान्टमा भएको विस्फोटको छानबिन गर्न गृहमन्त्रीको निर्देशन
समाचार

अक्सिजन प्लान्टमा भएको विस्फोटको छानबिन गर्न गृहमन्त्रीको निर्देशन

  • नागरिक रैबार
अक्सिजन प्लान्टमा भएको विस्फोटको छानबिन गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं। गृहमन्त्री बालकृष्ण खाणले ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएको विस्फोटको छानबिन गर्न निर्देशन दिएका छन् ।

गृहमन्त्री खाणले गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनाेद पाेखरेल र सशस्त्र प्रहरीका ललितपुर प्रमुख उपरीक्षक विकास घिमिरेलाई घाइतेको तत्काल उद्धार गर्न र घटनाको छानबिन निर्देशन दिएका हुन् ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार विस्फोटमा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते र पाँच जना घाइते भएका छन् । घाइतेहरुको अस्पतालमा उपचार भइरहेको प्रजिअ उपाध्यायले बताए ।

विज्ञापन

अक्सिजन भर्ने क्रममा एक्कासी विस्फोट भएको महानगरीय प्रहरी परिसर, ललितपुरले जनाएको छ । प्लान्टमा कार्यरत अन्य श्रमिकलाई भने प्रहरीले उद्धार गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाज
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि