धनगढीः कैलालीको धनगढीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय खुलेको छ। आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि कार्यालय स्थापना गरिएको हो। विहिवार उक्त कार्यालयको एक औपचारिक कार्यत्रमकाबीच उद्घाटना गरिएको छ।
धनगढी उपमहानगरपालिकाका निर्वाचन अधिकृतको कार्यालयसँगै जिल्लाका १३ वटै स्थानीय तहलाई हेर्ने गरी मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो। धनगढीस्थित स्वास्थ्य तालिम केन्द्रको भवनमा उक्त कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले बताए। मुख्य निर्वाचन अधिकृत कैलाली जिल्ला अदालतका मुख्य न्यायाधीश जयानन्द पनेरु तोकिएका छन्। उनले शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्ने बताएका छन्।
धनगढीसहित प्रदेशका ८८ ओटै स्थानीय तहमा विहीवार निर्वाचन अधिकृतको कार्यालय खोलिएको छ।
फेसबुक प्रतिक्रियाहरु