, काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य ठाकुर गैरेले स्थानीय तहमा गठबन्धनको ढोका खुला गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
बबरमहलमा सोमबार बसेको पोलिटब्यूरो बैठकमा गैरेले सत्ता गठबन्धन पराजित गर्न एमालेले आवश्यकताको आधारमा अन्य दलसँग साझा उम्मेद्वार उठाउन तयार हुनुपर्ने बताएका हुन् ।
‘सत्तारुढ दलहरुले गठबन्धन गर्दा हामी पनि बलियो हुनुपर्छ । तल (स्थानीय तह) को क्षति रोक्न आवश्यकताका आधारमा गठबन्धन गर्ने बाटो खुला गर्नुपर्छ’, उनको प्रस्ताव थियो ।
फेसबुक प्रतिक्रियाहरु