धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकामा टावर लाइट निर्माण गरिएको छ। वडा नम्बर ८ को क्याम्पस चोकमा २ लाख ७५ हजारको बजेटमा उक्त टावर लाइट निर्माण भएको हो।
वडा कार्यालयको बजेटमा निर्माण भएको टावर लाइटको सोमबार प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गरेको वडाअध्यक्ष नारायण बरालले बताए। आजै उक्त १७ मिटर अग्लो टावर लाइटमा राष्ट्रिय झण्डा समेत फहराइएको छ। धनगढीमा अन्य स्थानमा समेत टावर लाइट जडान गर्ने धनगढीका नगरप्रमुख नृपबहादुर वडले बताएका छन्।
फेसबुक प्रतिक्रियाहरु