होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • काँग्रेस–एमालेका कार्यकर्तालाई प्रचण्डको खादा र अबिर
समाचार

काँग्रेस–एमालेका कार्यकर्तालाई प्रचण्डको खादा र अबिर

  • नागरिक रैबार
काँग्रेस–एमालेका कार्यकर्तालाई प्रचण्डको खादा र अबिर

नेपाली काँग्रेस र नेकपा एमालेका करीब दुई दर्जन नेता तथा कार्यकर्ता माओवादी केन्द्र प्रवेश गरेका छन् । उनीहरुलाई सोमबार माओवादी अध्यक्ष प्रचण्डले आफ्नै निवास खुमलटारमा अबिर र खादा लगाई पार्टी प्रवेश गराएका हुन् ।
कार्यक्रममा अध्यक्ष प्रचण्डले मधेस प्रदेशमा मधेसी जनताको पहिचान र अधिकारको लागि लड्ने पार्टी माओवादी केन्द्र नै हो भन्ने चेतना एकपटक फेरि फैलिएर गएको बताए । ‘मधेसमा मात्र नभई देशैभर माओवादी केन्द्रमा फर्किने र प्रवेश गर्ने लहर चलेको छ, यो क्रम जारी रहन्छ’, अध्यक्ष प्रचण्डको भनाइ छ ।

माओवादी प्रवेश गर्नेहरूमा नेकपा एमाले रौतहट जिल्ला मोलापुर नगरपालिकाका वडा अध्यक्षका प्रत्यासी तथा कार्यपालिका सदस्य कामेश्वरप्रसाद साह कानूसहितका नेता तथा कार्यकर्ता छन् । त्यसैगरि सुदूरपश्चिमबाट नेपाली काँग्रेसमा क्रियाशील पूर्व शिक्षक जयराज भट्ट, व्यवसायी विष्णु भट्ट र पत्रकार विनोदप्रसाद भट्ट रहेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार