होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • झापाकी पत्रकार पकवालको निधन
समाचार

झापाकी पत्रकार पकवालको निधन

  • नागरिक रैबार
झापाकी पत्रकार पकवालको निधन

झापा । झापाकी पत्रकार माया पकवालको निधन भएको छ ।मिर्गौला सम्बन्धी समस्याबाट ग्रसित उनको ओमसाई पाथिभरा अस्पताल, भद्रपुरमा उपचारका क्रममा सोमबार बिहान तीन बजे निधन भएको भद्रपुरका पुराना पत्रकार चिन्तामणि दाहालले बताए ।

५४ वर्षीय पकवाल भद्रपुरबाट प्रकाशित हुने साप्ताहिक वरुणमा प्रकाशक र सम्पादक थिइन् । उनको मेची नदीमा सोमबारै बिहान ११ बजे अन्त्येष्टि गरिँदैछ ।

पकवाल लामो समय भक्तपुरको मिर्गौला प्रत्यारोपण उपचार गराएर घर फर्किएकी थिइन् । उनको पाँच वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो । केहीअघि उनलाई कोरोना संक्रमण पनि भएको थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार