होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • आगामी तीन दिनसम्म मौसम सुधार नहुने
समाचार

आगामी तीन दिनसम्म मौसम सुधार नहुने

  • नागरिक रैबार
आगामी तीन दिनसम्म मौसम सुधार नहुने

काठमाडौं । आगामी तीन दिनसम्म मौसममा उल्लेखनीय सुधार हुने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

नेपालमा पश्चिमी वायुको प्रभावका कारण देशभर नै मौसममा बदली भएको छ । केही स्थानहरुमा वर्षा र हिमपात पनि भइरहेको छ ।

मौसमविद् शान्ति कँडेलले आगामी सोमबारसम्म बदलीकै अवस्था रहने बताइन् । ‘केहीबेर घाम लागेजस्तो गरे पनि फेरि बदली भइहाल्छ’, उनले भनिन् ।

विज्ञापन

उनका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली भई बागमती, मधेश र प्रदेश १ का थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ । उच्च पहाडी र हिमाली भेगमा हिमपात पनि भइरहेको छ । यस्तो अवस्था कम्तीमा सोमबारसम्म जारी रहने पूर्वानुमान मौसमविद्ले गरेका छन् ।

जल तथा मौसम विज्ञान विभागले शुक्रबार बिहान ट्वीट गर्दै भनेको छ– ‘आगामी तीन दिनसम्म मौसममा उल्लेखनीय सुधार हुने सम्भावना छैन । सजग बनौं, सचेत बनौं ।’

हाल देशभर नै मौसम बदलीको क्रम संगै अहिले थोरै स्थानहरुमा वर्षा/हिमपात भइरहेको छ। आगामी तीन दिनसम्म मौसममा उल्लेखनीय सुधार हुने संभावना छैन। मौसम सजग बनौं। मौसम सचेत बनौं। आगामी तीन दिनको मौसम पूर्वानुमान हेर्नका लागि तलको लिंकमा जानुहोला।https://t.co/h03XGxUtEP

— Nepal Weather Forecast (@DHM_Weather) January 21, 2022

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार