होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, मंसिर १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा शान्तिपूर्ण तरिकाले मतदान हुँदै
समाचार

बाजुरामा शान्तिपूर्ण तरिकाले मतदान हुँदै

३ मतदान स्थलमा केन्द्रमा विवाद हुँदा मतदान स्थगित

  • नागरिक रैबार
बाजुरामा शान्तिपूर्ण तरिकाले मतदान हुँदै

नागरिक रैबार/बाजुरा ४ मंसिर। बाजुरामा शान्तिपूर्ण तरिकाले मतदान भईरहेको छ । विहान सात बजेबाट जिल्लाका ७० वटै मतदान स्थलमा शान्तिपूर्ण तरिकाले मतदान भईरहेको प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीले बताएका छन् ।

प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा आज भईरहेको मतदानका लागि ९ सय ९३ जना कर्मचारी परिचालन गरिएको जिल्ला निर्वाचन कार्यालय बाजुराका निर्वाचन अधिकारी नवराज अवस्थिले बताएका छन् ।

जिल्ला भर ७० वटा मतदान स्थल र १ सय १२ वटा मतदान केन्द्रमा प्रत्येक मतदान केन्द्रमा आठ जनाका दरले कर्मचारी परिचालन गरिएको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।

विज्ञापन

एक संघीय निर्वाचन र दुई प्रदेशसभा निर्वाचन क्षेत्र बाजुरामा कुल मतदाता ८३ हजार ५ सय ६७ रहेका छन् । निर्वाचनमा मतदानस्थलको सुरक्षा तथा मतदातालाई सुरक्षित र भयरहित वातावरणमा मतदान गर्ने वातावरण बनाउन मतदान स्थलको पहिलो घेरामा नेपाल प्रहरी, शसत्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानसहितका करिव २ हजार सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला सुरक्षा समिति बाजुराले जनाएको छ ।

३ मतदान स्थलमा केन्द्रमा विवाद हुँदा मतदान स्थगित

बाजुरा जिल्लाका ३ ओटा मतदान केन्द्रमा बिवाद हुदा मतदान स्थगित भएको छ । जिल्लाको बुढिगंगा नगरपालिका वडा न ८ को मतदान केन्द्र बुढिनन्दा वडा न ५ र स्वामिकार्तिक खापर गाउँपालिका वडा ४ को मतदान स्थगित गरिएको छ ।

बिभिन्न राजनितीक दलहरुको बिबाद पछि ति मतदान केन्द्रको मतदान प्रक्रिय अहिले स्थगित भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नयाव उपरिक्षेक सुर्य थापाले बताएका छन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार