होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, असार १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कांग्रेस नेता गिरिको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति पुगिन् मेडिसिटी अस्पताल
समाचार

कांग्रेस नेता गिरिको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति पुगिन् मेडिसिटी अस्पताल

  • नागरिक रैबार
कांग्रेस नेता गिरिको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति पुगिन् मेडिसिटी अस्पताल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ललितपुरको मेडिसिटी अस्पताल पुगेर नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् ।

बिहान ११ बजे अस्पताल पुगेकी राष्ट्रपति भण्डारीलाई अस्पतालका सञ्चालक समितिका अध्यक्ष डा उपेन्द्र महतोले नेता गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी गराएका थिए । राष्ट्रपति भण्डारीले गिरिका परिवारसँग पनि भेट गरी सहानुभूति प्रकट गर्नुका साथै स्वास्थ्य लाभको कामना गरेको उनका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

राष्ट्रपति करिब एक घण्टासम्म अस्पतालमा रहेकी थिइन् । प्रतिनिधिसभा सदस्य गिरि लामो समय भारतको मुम्बइका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको सफल उपचारपश्चात् केही महिना अघि नेपाल फर्किएका थिए ।

विज्ञापन

नेपाल फर्किनासाथ निमोनिया देखिएपछि नेता गिरिलाई थप उपचारका लागि गत साउन नौ गते नेपाल मेडिसिटी अस्पताल भर्ना गरिएको थियो । डा पङ्कज बर्मन नेतृत्वको चिकित्सक टोली उनको उपचारमा संलग्न छ ।

शनिबार नै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै