होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, असार २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • स्थानीय तहको उम्मेदवार चैत मशान्तभित्रै टुंग्याउँछौं : प्रवक्ता महत
समाचार

स्थानीय तहको उम्मेदवार चैत मशान्तभित्रै टुंग्याउँछौं : प्रवक्ता महत

  • नागरिक रैबार
स्थानीय तहको उम्मेदवार चैत मशान्तभित्रै टुंग्याउँछौं : प्रवक्ता महत

, सल्यान । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले ३० वैशाखमा २०७९ मा हुने स्थानीय तह निर्वाचनका लागि चैत मशान्तभित्रै पार्टीका उम्मेदवार टुंगो लगाउने बताएका छन् ।

सल्यानमा नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा उनले विधान अनुसार पार्टीका विभिन्न तहका समितिले चैत मशान्तभित्रै उम्मेदवार टुंगो लगाउने बताएका हुन् ।

‘यसपटक विगतमा भए जस्तो उम्मेदवादी दिने अन्तिमदिनसम्म को उठ्ने हो भन्ने टुंगो नलाग्ने स्थिति रहने छैन । निर्णय गर्ने प्रक्रिया पनि विभिन्न तहमा विकेन्द्रित छ । चैत्र महिनाभित्रै उम्मेदवारको टुंगो लगाउने कोशिस गर्छौं’ उनले भने ।

विज्ञापन

पार्टीका तल्लो तहका समितिले उम्मेदवार टुंग्याउन नसकेर विवाद भएमा केन्द्रले उम्मेदवार चयन गर्ने पनि प्रवक्ता महतले बताए । ‘जुन तहको उम्मेद्वारी हो, त्यहीं टुंगियोस् । सर्वसम्मत भएर टुंगियोस् भन्ने केन्द्रको चाहना छ’ उनले भने ।

नेपाली कांग्रेसले आरम्भ गरेको “घरघर जाऔं नेपाली कांग्रेसलाई जिताऔं” भन्ने देशव्यापी अभियानमा बढीभन्दा बढी नागरिकसँग जोडिन पनि डा. महतले पार्टीका नेता कार्यकर्तालाई आग्रह गरे ।

उनले स्थानीय चुनावमा स्थानीय आवश्यकताका आधारमा गठबन्धन बन्ने पनि बताए । यद्यपि यसबारे निर्णय पार्टीको ११ चैतमा बस्ने बैठकले निर्णय गर्ने पनि उनले बताए ।

‘एक्लै लड्दा बढी जितिन्छ भन्ने देखियो भने त्यही गरौं, सहकार्य गर्दा बढी सिट जितिने भयो भने त्यसको आधारमा होला’ प्रवक्ता डा. महतले भने ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार