होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, जेष्ठ ५, २०८२
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुराका भैंसी पालक किशानलाइ उन्नत जातको रांगा बितरण
बाजुरा बिशेष

बाजुराका भैंसी पालक किशानलाइ उन्नत जातको रांगा बितरण

  • नागरिक रैबार
बाजुराका भैंसी पालक किशानलाइ उन्नत जातको रांगा बितरण

राजेन्द्र बिक — बाजुराका पशुपालक किसानलाइ उन्नत जातको रांगा बितरण गरिएको छ। भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बाजुराको आर्थिक बर्ष ०७८/०७९को बार्षिक स्वीकृत बजेट अनुसार नश्ल सुधारको लागि उन्नत मानिएको मुर्रा जातका रांगा(पाडा)हरु स्थानिय भैंसी पालक किसान हरुलाइ बितरण गरिएको भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बाजुराका पशु सेवा प्राबिधिक भिम बहादुर दानिले बताएका छन।

राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरा बाट रांगाहरु ल्याएर बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर २मा १त्रिवेणि नगरपालिका वडा नम्बर ६मा २वडा नम्बर ५मा १ बुढिगंगा नगरपालिका वडा नम्बर ६ मा २ तथा बडिमालिका नगरपालिका वडा नम्बर ६ मा १ वडा नम्बर ९मा १वडा नम्बर ८मा १ र वडा नम्बर ३मा १ गरि जम्मा १०ओटा प्रजनन योग्य रांगाहरु बितरण गरिएका छन्।

उन्नत जातका रांगाहरु पाएपछि स्थानिय भैंसी पालक किसानहरु गाउँमा नयाँ जातको भैसीहरुको वृद्धि बिकास हुने भन्दै खुशी भएका छन्। बाजुराका स्थानिय पशु पालक किसानहरुको मागअनुसार आगामी दिनहरुमा पनि उन्नत जातका रांगा,बोका,कुखुरा बितरणको कार्यक्रम जारी राखी जिल्लाभरी नयाँ जातका पशुहरुको उत्पादन गराइ किसान हरुलाइ पशुपालन बाट लाभान्वित गराउने लक्ष्य भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बाजुराले राखेको कार्यालय प्रमुख पशुपति नाथले बताए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार