होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • छानबिन समितिको निष्कर्षः सीसीटीभी योजनाबद्ध रूपमा मेटियो
समाचार

छानबिन समितिको निष्कर्षः सीसीटीभी योजनाबद्ध रूपमा मेटियो

  • नागरिक रैबार
छानबिन समितिको निष्कर्षः सीसीटीभी योजनाबद्ध रूपमा मेटियो

काठमाडौंः संसदीय विशेष छानबिन समितिले तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेटमा चलखेल गरेको बेलाको सीसीटीभी फुटेज योजनाबद्ध रूपमा मेटाइएको निष्कर्ष निकालेको छ।

जेठको सीसीटीभी माग्दा असारको हार्डडिक्स दिनु, उपभोक्ता हित संरक्षण मञ्चले माग्दा १३ दिनसम्म मात्रै रहन्छ भन्नु, अर्थ मन्त्रालयका कर्मचारीको बयानमा यस्तै कुरा आउनुले योजनाबद्ध देखिएको समितिका एक सदस्यले बताएका छन्।

तीन महिनासम्म सीसीटीभी फुटेज मेटाउन, हटाउन नपाउने कानुनी व्यवस्था हुँदाहुँदै सीसीटीभी फुटेज नहुनुले योजनाबद्ध रूपमा नै मेटाएको निष्कर्षमा पुग्न दुविधा नै छैन’, उनले भने। यससँगै समितिले थप प्राविधिक अनुसन्धान गर्ने भएको छ। समिति सचिव सुरेन्द्र अर्यालले सीसीटीभीका विषयमा विज्ञहरूसँग छलफल गर्ने निर्णय भएको बताए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार