होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, मंसिर ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सोमबार स्थगित एन्फाको बैठक बिहीबार बस्ने
समाचार

सोमबार स्थगित एन्फाको बैठक बिहीबार बस्ने

  • नागरिक रैबार
सोमबार स्थगित एन्फाको बैठक बिहीबार बस्ने

, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को सोमबार स्थगित भएको कार्यसमिति बैठक बिहीबार बस्ने भएको छ ।

एन्फाका अध्यक्ष पंकजबिक्रम नेम्वाङ बिरामी भएर अस्पताल भर्ना भएका कारण सोमबारको बैठक स्थगित गरिएको महासचिव किरण राईले जानकारी दिएका थिए ।अब त्यो बैठक बिहीबार बिहान ७ बजे एन्फा कम्लेक्समा बस्ने एन्फाले जनाएको छ ।

६ असारमा भएको निर्वाचनबाट नेम्वाङको नेतृत्वमा नयाँ कार्यसमिति आएपछि दोस्रो पटक एन्फाको कार्यसमिति बैठक बस्न लागेको हो ।

विज्ञापन

बैठकका लागि साफ महिला च्याम्पियनसिप, नेपाल सुपर लिग, सिइओ नियुक्ति र विविधसहित १८ एजेन्डा तय गरिएको छ । एन्फा महासिचव किरण राईले सुरुमा विविधसहित १२ एजेन्डा सदस्यहरुलाई पठाएका थिए ।

तर पछि उपाध्यक्ष दीर्घबहादुर केसीले प्रस्तावमा गरेको पाँच र अर्का उपाध्यक्ष दीपक खतिवडाले प्रस्तावमा गरेको सीईओ र प्रवक्ता नियुक्तिको एजेन्डा थप गरिएको थियो । दुई उपाध्यक्षको एजेन्डा पनि थपिएको बारे महासिचव राईले सदस्यहरुलाई जानकारी गराइसकेका छन् ।

उपाध्यक्षले सीईओ नियुक्तिको एजेन्डा थपेपछि यसले ठूलो चर्चा पाएको छ । आर्थिक अनियमितताका कारण फिफाको प्रतिबन्धमा रहेका एन्फाका पूर्व अध्यक्ष गणेश थापाका छोरा गौरव थापालाई सीईओ बनाउने गरी लविङ सुरु भएपछि अन्य एजेन्डा भन्दा सीईओ नियुक्तिको विषय चर्चित बनेको हो । निर्वाचन अघि नै गौरव थापालाई सीईओ बनाउने गरी भद्र सहमति बनेको थियो ।यस बाहेक आगामी भदौमा नेपालमा आयोजना हुने छैटौं संस्करणको महिला साफ आयोजना स्थल देखि नेपाली टिमको प्रशिक्षक नियुक्त गर्ने सम्मका विषय पनि मुख्य एजेन्डामा रुपमा रहेको छ ।

यस्तै विवादित बनेको नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणको विषयमा पनि बैठकमा मुख्य प्राथमिकताको रुपमा रहनेछ ।

एन्फाले ए डिभिजनका असन्तुष्ट चार क्लबसँग छलफल गरेर एनएसएलसँगको सम्झौता गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । एनएसएलसँगको पुरानो सम्झौता खारेज गर्दै नयाँ ढंगले सम्झौता गरेर अघि बढ्ने तयारी समेत भइरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार