होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
गोरखामा भूकम्प गएको छ । गोरखाको हंसपुर आसपास केन्द्रविन्दु भएर आज बिहान सवा ६ बजे भूकम्प गएको हो । भूकम्पको तीव्रता ४ म्याग्निच्युड मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ । भूकम्पले क्षति पुर्याएको जानकारी भने छैन । यद्यपि सबै युनिटमा सम्पर्क गरेर बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिमेलीको मुख्य पर्व गौराअन्तर्गत आज तेस्रो दिन ब्रतालु महिलाहरूले गौरादेवीलाई गौराघरमा भित्र्याउँदै छन् । स्थानीय भाषामा भितरीकी गौरा अर्थात् ‘ठूली गौरा’ भनिने आजको दिनलाई ब्रतालु महिलाहरूले विशेष दिनको रूपमा लिने गरेका छन् । ब्रतालु महिलाहरूले बिहानै नुवाईधुवाई गरेर साँझो समयमा गौरालाई गौरा घरमा भित्र्याउने चलन रही आएको स्थानीय संस्कृतिका जानकार आचार्य विष्णुदत्त भट्टले बताए । […]
सामाजिक सञ्जालबाट चरित्रहत्या र गाली बेइज्जती कसुरमा पक्राउ परेका नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर हाजिरी जमानीमा छुटेका छन् । विद्युतीय अपराधको उजुरीका आधारमा पक्राउ परेका उनलाई हाजिरी जमानीमा छाडिएको साइबर ब्यूरोका प्रवक्ता दीपकराज अवस्थीले बताए । विद्युतीय अपराधको उजुरीका आधारमा प्रहरीले जिल्ला अदालत, काठमाडौंमा पक्राउ पुर्जीका लागि अनुरोध गरेको थियो । विज्ञापन त्यसपछि अदालतले […]
नागरिक रैबार/बाजुरा ९ भदौ । बाजुराको बडीमलिका नगरपालिका वडा नम्वर ९ कि २७ वर्षिया मृगौला पीडित रमिला कुमारी विकको उपचारका लागि ३० हजार बढी आर्थिक रकम संकलन भएको छ । विगत २ वर्षदेखि काठमाण्डौंको विर अस्पतालमा उपचारारत रहेकी मृगौैला पीडित रमिलाको उपचारका लागि ३० हजार ५८ रूपैयाँ संकलन भएको हो । एक हप्ता देखि विर […]
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहनुको साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागका धेरै स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरू र तराईको […]
बाजुरा । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)को नतिजा अनुसार बाजुराको बुढीगंगा नगरपालिका सुदुरपश्चिम प्रदेशमै दोस्रो र बाजुरामा पहिलाे बनेको छ । कैलालीको घोडाघोडी नगरपालिकापछि बाजुराको बुढीगंगा दोस्रो स्थानमा आएको हो । घोडाघोडी नगरपालिकाले ८५ दशमलव ५० अंक ल्याएको छ भने बुढीगंगाले ८४ दशमलव २५ अंक ल्याएको हो । बाजुराका ९ स्थानीय तहमध्ये बुढीगंगा नगरपालिकाले […]
फेसबुक प्रतिक्रियाहरु