होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, भदौ २०, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • नारामा माहिर सुदूरपश्चिम प्रदेश सरकार, बजेटमा बुँदैपिच्छे नारा
Breaking News

नारामा माहिर सुदूरपश्चिम प्रदेश सरकार, बजेटमा बुँदैपिच्छे नारा

  • नागरिक रैबार
नारामा माहिर सुदूरपश्चिम प्रदेश सरकार, बजेटमा बुँदैपिच्छे नारा

 धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा प्रस्तुत गरिसकेको छ। झण्डै पौने ३७ अर्बको बजेटमा प्रत्येक अनुच्छेदमा नारा भेट्न सकिन्छ। अधिकांश कार्यक्रम नारामा नै अडिएको प्रदेशको बजेटले ‘आत्मनिर्भर कृषि, प्रदेशको समृद्धि’ नारा दिएर आगामी आर्थिक वर्षको कृषितर्फको बजेट ल्याएको छ।

‘नमुना गाउँ आफै बनाउँ’ नारा दिएर २५ करोड विनियोजन गरिएको छ। आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा, बजेटभन्दा नाराले बढी प्राथमिकता पाएको छ। केन्द्रको सिको गर्दै प्रदेशको बजेट बर्सेनि नारामुखि बन्दै गएको हो। सुदूरपश्चिम प्रदेशको बजेट पञ्चवर्षीय योजनासहित नीति तथा कार्यक्रमलाई वेश बनाएर निर्माण गरिएको आर्थिक मन्त्रालयका सचिव जितेन्द्र बस्नेतले बताए।

‘पुराना कार्यक्रमलाई निरन्तरता दिँदै केही नयाँ कार्यक्रम निर्माण गरे बजेट विनियोजन गरिएको छ,’ उनले भने, ‘पूर्वाधार विकास र पुँजीगत बजेटको अंश समेत बढेर आएको छ।’ सुदूरपश्चिम प्रदेशले आगामी उपलब्धिको रुपमा बजेटमा राखिएका नाराहरुलाई मानेको छ। सुदूरपश्चिम सरकारले ‘प्रदेश सरकार कृषकको अभिभावक’ भन्ने अर्को नारा दिएर कृषि तथा पशुपन्छीमा द्रुत प्राविधिक सेवा प्रवाहका लागि कृषि बाली र पशु स्वास्थ्य शिविर सञ्चालन गर्ने भन्दै ६ करोड तथा रासायनिक मलमा अनुदान दिन १ करोड विनियोजन गरिएको छ।

विज्ञापन

‘एक खेतमा तीन बाली, उत्पादन वृद्धि गरौ यसपाली’ भन्ने अर्को नारा दिएर थप १५ करोड विनियोजन गरिएको छ। धान चामलको आयात प्रतिस्थापन गर्न ‘धानमिल मोडल’ नारा तय गरिएको छ। ‘एक स्थानीय तह एक बीउ स्रोत केन्द्र’, ‘मेरो उत्पादन प्रदेशको पहिचान’, ‘कृषि आयमा वृद्धि किसानको समृद्धि’, ‘आजको लगानी बोटमा भोलीको प्रतिफल नोटमा’, ‘किसान हुनुमा मलाई गर्व छ’, ‘माटो जोगाऔँ उत्पादन बढाऔँ’ लगायतका नारा दिएर आगामी आर्थिक वर्षको बजेट ल्याइएको छ।

‘हरित सहर सबैको रहर’ नारा दिएर धनगढीस्थित त्रिनगर भन्सारदेखि अत्तरियासम्म सौन्दर्यीकरण गर्न सडकको मध्यभागमा विभिन्न प्रजातिका सौन्दर्यमुलक विरुवा रोपणका लागि बजेटको व्यवस्था गरिएको छ। ‘स्वच्छ वातावरण स्वच्छ जीवन’, ‘सुदूरपश्चिमको दिगो आर्थिक आधार सबल पर्यटकीय पूर्वाधार’, ‘प्रदेशको पानी प्रदेशकै नागरिकको लगानी’, ‘प्रदेशका गाउँ उज्यालो बनाउँ’, ‘सहरी पूर्वाधार सुधार सम्मुन्नत जीवनको आधार’, ‘हाम्रो प्रदेश स्वच्छ प्रदेश’, ‘जनताको स्वास्थ्यको ख्याल सुविधासम्पन्न अस्पताल’ लगायत दर्जनौ नारा दिएर बजेट निर्माण गरिएको छ।

प्रदेश सरकारले यस अघिका बजेटमा ल्याएका नाराहरुलाई निरन्तरता दिंदै आगामी आर्थिक वर्षको बजेटमा थप ‘युवाको जवानी प्रदेशमा लगानी’, ‘आत्मनिर्भर अर्थतन्त्र हाम्रो चाहना,समृद्ध प्रदेश हामी सबैको कामना’ देखि ‘सरकारको मुख्यध्यान घरघरमा स्वरोजगार अभियान’ सम्मका नारा दिएर प्रदेश सरकारले प्रदेशवासीको मन जित्ने प्रयास गरेको सरोकारवाला बताउँछन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार